+
+

सीसीडी रेसियोको अनुगमन दैनिक हुने, कटाउनेलाई ७ प्रतिशत जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ३ गते १८:२६


३ चैत काठमाडौं । राष्ट्र बैंकले कोर पुँजी, निक्षेपको तुलनामा कर्जा लगानी ८० प्रतिशतभन्दा बढि नधाउने बैंक तथा वित्तीय संस्थालाई बैंक दरको आधारमा जरिवाना गर्ने भएको छ । हाल बैंक दर ७ प्रतिशत तोकेको छ ।

राष्ट्र बैंकले सीसीडीको अनुगमन हरेक दिन गर्ने भएको छ । बैंकहरुले हरेक दिन यस्तो गणना गरेर राष्ट्र बैंकमा पेश गर्नुपर्ने भएको छ । यस्तो गणना गर्दा प्राथमिक पुँजी लिदा अघिल्लो त्रैमाशको हुनुपर्ने, निश्चित क्षेत्रमा भएको कर्जा र सापटको बक्यौदा लिदा अघिल्लो महिनाको बक्यौदा लिनुपर्ने र स्वदेशी निक्षेप लिदा भने गणना गर्ने दिनको नै हुनुपर्ने उल्लेख गरेको छ ।

राष्ट्र बैंकले केही समय अघि २०७४ असारसम्सान्त सम्म सीसीडी रेसियो गणनामा पनि केही नीतिगत सहुलियत भने दिएको छ । राष्ट्र बैंकले आगामी असारसम्म उत्पादन मुलक लगायतका क्षेत्रमा गएको ५० प्रतिशत रकमलाई मात्र गणाना गरे पुग्ने व्यवस्था गरेको थियो । यही कारण बैंक तथा वित्तीय संस्थासँग अहिले ५० देखि ६० अर्ब रकम थप कर्जा लगानी गर्ने क्षमता बढेको देखिन्थ्यो ।

त्यस्तै यसअघि ६ वाणिज्य बैंकले सीसीडी सीमा नघाएका थिए । त्यस्तै, यसअघि पनि उत्पादन मुलक क्षेत्रको रुपमा तोकिएको क्षेत्रमा लगानी नगर्नेलाई बैंक दर कै आधारमा जरिवाना लगाउने व्यवस्थालाई परिवर्तन गरेर राष्ट्र बैंकले ती संस्थाले ग्राहकसँग लिने अघिकत्तम व्याज दरलाई आधार मान्ने गरि निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?