+
+
Shares

निर्वाचन आयोगले गृहमन्त्री निधिलाई सोध्यो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत १५ गते १८:४५

१५ चैत, काठमाडौं । निर्वाचन आयोगले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीसँग स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता विपरीत हेलिकोप्टर चढेको र सहीदलाई राहत बाँड्न हिँडेको भन्दै उजुरी परेपछि आयोगले निधीसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । गृहमन्त्री निधीलाई पत्र पठाएर स्पष्टीकरण सोधिएको आयुक्त नरेन्द्र दाहालले अनलाइनखबरलाई जानकारी दिएका छन् ।

‘दलहरुले शहीद परिवारलाई रकम दिँदा आचारसंहिता लाग्दैन, तर मन्त्रीले पाउँदैनन्,’ निर्वाचन आयुक्त नरेन्द्र दाहालले अनलाइनखबरसँग भने ।

नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा मंगलबार निर्वाचन आयोग पुगेको गृहमन्त्री निधिविरुद्ध उजुरी गरेका थिए । एमालेले आचारसंहिता विपरीत कर्मचारी सरुवा, मन्त्रीहरुको हेलिकोप्टर दौडाहा र बजेट रकमान्तर गरेको भन्दै सरकारविरुद्ध पनि उजुरी दिएको छ ।

यो पनि पढ्नुहोस्
आचारसंहिता मिचियो भन्दै एमाले टोली निर्वाचन आयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?