+
+

एमालेले भन्यो- महाअभियोग अधिनायकवादी शासनको पूर्वअभ्यास

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १७ गते १६:४५

१७ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि दर्ता भएको महाअभियोग प्रस्तावलाई अधिनायकवादी शासनको पूर्वअभ्यास भनेको छ । साथै उसले महाअभियोग प्रस्तावलाई ससदमा असफल बनाउने दाबी गरेको छ ।

एमाले प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले लोकतन्त्रवादीहरुले यो स्वीकार गर्न नसक्ने बताए । अनलाइनखबरसँग कुरा गर्दै भट्टराईले अनलाइनखबरसँग भने, ‘हरेक पार्टीमा लोकतन्त्रवादीहरु छन्, सबैले यसको डटेर सामना गर्नुपर्छ । यो अमुक व्यक्तिको सवाल मात्र होइन ।’

‘निश्पक्ष, निडर, देशभक्त र आफ्नो जिम्मेवारीप्रति प्रतिवद्ध व्यवसायिक प्रधानन्यायाधीश, जो नेपालको पहिलो महिला न्यायाधीश पनि हो । कांग्रेस र माओवादीले यो पनि सहन सकेनन्,’ भट्टराईले अघि भने ।

यी पनि पढ्नुहोस्
प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग दर्ता

यस्ता छन् प्रधानन्यायाधीश कार्कीमाथि नौ आरोप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?