Comments Add Comment

प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग दर्ता, पदबाट निलम्बित

१७ वैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ ।

सत्तारुढ माओवादी केन्द्र र नेपाली कांग्रेसका सांसदहरुले महाअभियोग दर्ता गरेका हुन् । महाअभियोग प्रस्तावको प्रस्तावक मीनबहादुर विश्वकर्मा  र समर्थक माओवादी प्रमुख सचेतक टेकबहादुर बस्नेत छन् ।

‘कार्यपालिकाको क्षेत्राधिकारमाथि हस्तक्षेप, कार्यसम्पादन क्षमताको अभाव, व्यक्तिगत आशयबाट प्रभावित भई फैसला गर्ने, न्यायाधीशहरुमाथि फरक फरक व्यवहार गरेको, न्यायालयमा गुटबन्दी गर्न खोजेको अभियोग छ,’ कांग्रेस नेता विश्वकर्माले अनलाइनखबरसँग भने ।

२५१ सांसदको हस्ताक्षरसहित परेको महाअभियोग प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि नाम छ तर, उनको हस्ताक्षर छैन । कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको भने हस्ताक्षर नै छ ।

नेपालको इतिहासमा महाअभियोगको सामना गर्ने कार्की पहिलो महान्यायाधीश हुन् । सुशीला कार्कीलाई महाअभियोग लगाउनुको मुख्य र तात्कालीक कारण आइजीपी प्रकरण नै भएको बताइएको छ ।

कार्की स्वतः निलम्बित

कांग्रेस र माओवादी सांसदहरुले महाअभियोग दर्ता भएलगतै प्रधानमन्यायाधीश कार्की स्वतः निलम्बित भएकी छन् । महाअभियोग दर्ता भएको सूचना राष्ट्रपति कार्यालय र संवैधानिक अंगहरुमा पठाइएको छ ।

महाअभियोग लागेर कार्की निलम्बनमा परेलगत्तै न्यायाधीश गोपाल पराजुलीले कार्यवाहक प्रधानन्यायाधीशको कार्यभार सम्हालेका छन् ।

कार्की नेपालकै पहिलो महिला प्रधानन्यायाधीश हुन् । उनले गत २०७३ असार २७ गते कार्यभार सम्हालेकी थिइन् ।

[sam_list]

न्यायपरिषदले गरेको ८० न्यायाधीश नियुक्तिसम्बन्धी निर्णयको विरोधमा लोकतान्त्रिक खेमाको बहुमत रहेको  नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध आन्दोलन नै थालेको थियो ।

प्रदेश नम्बर २ का कानुन व्यवसायीहरुको भेलाले उच्च अदालतका न्यायाधीशहरुको नियुक्ति खारेजीको माग गर्दै प्रधानन्यायाधीश कार्कीमाथि महाअभियोग लगाउन मागसमेत गरेको थियो ।

यो पनि पढ्नुस्

प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोगमा प्रयोग भएको सांसदको हस्ताक्षर कीर्ते !
गोपाल पराजुलीले रातारात सम्हाले कार्यबाहक प्रधानन्यायाधीशको कार्यभार
सुशीलालाई जसले न्यायाधीश बनायो, उसैले गलहत्यायो
एमालेले अब सुशीला कार्की बोक्छ कि स्थानीय चुनाव ?
महाअभियोगविरुद्ध एमाले अखिलको मसाल जुलुस (फोटो फिचर)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment