+
+

राप्रपाले काठमाडौंको उपमेयरमा राजाराम श्रेष्ठलाई उम्मेदवार बनायो

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १९ गते १६:५९

१९ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा राप्रपाले राजाराम श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

श्रेष्ठ शाहीकालका मेयर एवं पार्टीका पूर्वप्रवक्ता हुन् ।

नेकपा एमालेसँग चुनावी तालमेल भएपछि राप्रपाले श्रेष्ठलाई उपमेयर बनाएको हो । यसअघि श्रेष्ठ मेयरको उम्मेदवार बन्ने तयारीमा थिए । तर, मनोनयनको दिन एमाले र राप्रपाबीच काठमाडौं र ललितपुरमा चुनावी तालमेलको समझदारी भएको छ ।

मेयरमा एमालेले विद्यासुन्दर शाक्यलाई उम्मेदवार बनाएको छ ।

कांग्रेसले काठमाडौंको मेयरमा राजुराज जोशी र माओवादी केन्द्रले सवोत्तम डंगोललाई उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?