३१ वैशाख, काठमाडौं । काठमाडौं महानरपालिकामा मतदान सकिएपछि मतपेटिकालाई मतगणनास्थल राष्ट्रिय सभागृहमा ल्याउने क्रम तीब्र भएको छ । मतपेटिकाहरु संकलन गरेर सभागृहमा ल्याउन लागेपछि त्यहाँ सर्वसाधारण र विभिन्न दलका कार्यकर्ताको उपस्थिति पनि बाक्लिँदै गएको छ ।
साँझ ५ बजे मतदान सकिएपछि मतपेटिका सिल गरेर निर्वाचन अधिकृतहरुले दलका प्रतिनिधिको रोहबारमा मुचुल्का गरेर प्रहरीको सुरक्षामा सभागृह ल्याउने क्रम तीव्र भएको हो ।
अब केही समयपछि सबै प्रक्रिया टुंग्ंयाएर मतगणना थाल्न तयारी सुरु गरिएको छ । प्रहरीको गाडीमा राखेर ल्याएएका मतपेटिकालाई सभागृहमा सुरक्षित रुपमा राखिँदैछ ।
सभागृहमा सबै मतपेटिका आएपछि मतगणनाका लागि राजनीतिक सहमति जुटाएर थालनी गर्ने योजना छ । यि मतपेटिकामा नै काठमाडौंको भावी नेतृत्वको जनमत ‘बन्द’ अवस्थामा छ ।
यसको गणना कहिले सुरु होला भन्नेमा सबैको चासो छ ।