+
+

काठमाडौं महानगर अपडेटः विद्यासुन्दरलाई ३५ सयको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ५ गते ९:२०

५ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा एमालेका विद्यासुन्दर शाक्यले अग्रता कायमै राखेका छन् । आज बिहान ९ बजेसम्मको परिणाम अनुसार ३० हजार मत गणना भइसकेको छ । अझै झण्डै १ लाख ७० हजार मत गन्न बाँकी छ ।

पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार शाक्यले ३ हजार ५ सय ९० मतअन्तरले अग्रता लिएका छन् । शाक्यले १० हजार २४५ मत पाएका छन् भने कांग्रेसका राजुराज जोशीले ६ हजार ६५५ मत पाएका छन् ।

तेस्रो स्थानमा विवेकशीलकी रन्जु दर्शना छिन् । उनले ३ हजार ९३८ मत पाएकी छन् । चौथो स्थानमा रहेका साझा पार्टीका किशोर थापाको ३ हजार १३९ मत छ भने माओवादी केन्द्रका सर्वोत्तम डंगोलले १ हजार ९४ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?