Comments Add Comment

के हो सोह्र श्रृंगार ? कसरी गर्ने ?

श्रृंगार शब्दको प्रयोग सामन्यतः ब्रस्त्रभूषण आदिले शरीरलाई सु-सज्जित गराउने अर्थमा लिइन्छ । सोह्र श्रृंगार शरीरको स्वच्छतादेखि श्रृंगार एवं मुस्कान, शारीरिक हाउभाउको संयोजन मानिन्छ । यसमा मेहेन्दी, आभूषण, केस-विन्यासदेखि मुस्कानसम्म पर्छ ।

स्नान- श्रृंगारको सुरुवात स्नानपछि गर्नुपर्छ ।

बस्त्र- बिना वस्त्र सबै सौन्दर्य कान्तिहीन लाग्छ । प्रस्तर युगबाट शीत, ग्रीष्मबाट बच्न मानिसले रुखको बोक्रा, पशुको छालाले आफ्नो शरीर ढाक्ने गर्थे । कालन्तरमा सभ्यताको विकाससँगै बस्त्रमा अनेकन ढाँचा र बान्की देखापरे । यसरी बस्त्र सौन्दर्यकै मूख्य पाटोको रुपमा विकास भएको हो ।

हार- हार लगाउनुको अर्थ सुन्दर देखिनुका साथै स्वास्थ्यका लागि पनि हो । गला वा यसको नजिकमा यस्तो प्रेशर विन्दु हुन्छ, जसको केहि हिस्साबाट शरीरलाई लाभ प्राप्त हुन्छ ।

बिन्दी– टिका अर्थात बिन्दीलाई सौभाग्यको प्रतिक मानिन्छ ।

काजल- आँखालाई सुन्दर बनाउन एवं आँखाको सुरक्षा दुबै दृष्टिले काजल प्रयोग गरिन्छ ।

अधरंजन- ओंठ एवं अधरको सुन्दरता बढाउनका लागि त्यसमा केहि रंग प्रयोग गरिन्छ । प्राचिन कालमा फूलको रसबाट यो काम गरिन्थ्यो ।

नथ- नाखको सोभा बढाउनका लागि नाखमा छेडेर केही प्रकारका नथ लगाइन्छ ।

केस सज्जा- केसमा सुगन्धित तेल लगाएर आकर्षक बान्कीका सजाइन्छ ।

कमरबन्ध- कमरको सौन्दर्यका लागि कमरबन्ध प्रयोग गरिन्छ । यसलाई सुन, चाँदी, हिरा, मोती जडान गरी विभिन्न आकारमा बनाइन्छ ।

चरणराग- खुट्टा वा हातको सौन्दर्य साथै छालाको सुरक्षाको लागि मेहेन्दी लगाउने परम्परा छ ।

गुणवती स्त्री

भनिन्छ, गुणवती स्त्रीको आभूषण अथावा श्रृंगारको आवश्यक्ता हुन्न । सुन्दर गुण नै उसको आभूषण हो । पवित्र, सुशील र चदाचारिणी स्त्रीलाई गुणवती मानिन्छ ।

स्त्रीको १२ अभूषण के हो ?

१. शील

२. लज्जा

३. मधुरवाणी

४. दृढाता

५. सरल स्वभाव

६. पतिव्रता

७ सन्तोष

८. सुहृदय

९. विनय

१०. क्षमा

११. हृदयको शुद्धता

१२. सेवाभाव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment