पहिलो चलचित्र रिलिज नहुँदै नायक आशिरमान देसराज दोश्रो चलचित्र ‘ब्रेकअप’मा महंगो रकम लिएर अनुवन्धित भएका छन् । नायक देसराजले दोश्रो चलचित्र ‘ब्रेकअप’का लागि १५ लाख पारिश्रमिक लिएको निर्माता रोहित अधिकारीले जानकारी दिएका छन् । यसअगाडि चलचित्र ‘गाजलु’ बनाएर सफल भएका अधिकारीले आशिरमानलाई लिड नायकमा फाइनल गर्दै ‘ब्रेकअप’ बनाउन लागेका हुन् ।
यो चलचित्रलाई हेमराज वीसीले निर्देशन गर्दैछन् । नायक आशिरमानले अभिनय गरेको पहिलो चलचित्र ‘ग्याङस्टार ब्लूज’ भदौ २ गतेबाट रिलिज हुँदैछ । ‘ग्याङस्टार ब्लूज’लाई पनि हेमराज वीसीले नै निर्देशन गरेका हुन् ।
रोहित अधिकारी फिल्मस् र ह्याप्पी प्लानेट फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका लागि लिड नायिकको खोजी भैरहेको छ ।
निर्माता अधिकारीले आशिरमानलाई १५ लाख पारिश्रमिक दिनुको कारणबारे भने-‘चलचित्र रिलिज नहुँदै आशिरमानको फ्यान क्रेज निकै छ । उत्कृष्ट अभिनय र ह्यान्डसम लुकका कारण म प्रभावित भएको हुँ ।’
रोहितले आशिरमानलाई १३ लाख पारिश्रमिक, १ लाख पहिरन खर्च र १ लाख चलचित्र हिट भएपछि दिने संझौता गरिएको बताए ।
रोहित अधिकारी, दीपक खतिवडा र रुपक थापाले मिलेर यो चलचित्र बनाउन लागेका हुन् । हामीले, १५ लाख रुपैयाँ लिएर चलचित्रमा अनुवन्धित भएका आशिरमानसँग छोटो कुराकानी गरेका छौः
१. पहिलो चलचित्र रिलिज नहुँदै महंगो पारिश्रमिक डिमाण्ड गर्नु भएछ त ?
मैले पारिश्रमिक डिमाण्ड गरेको होइनँ । मलाई निर्माता रोहित अधिकारीले नै प्रस्ताव गर्नुभएको हो ।
२. के कुराले यो चलचित्रमा काम गर्न आकषिर्त गर्यो ?
मलाई यसको कथावस्तुले निकै लोभ्यायो । साथमा निर्देशक हेमराज वीसीका कारण पनि मैले चलचित्र गरेको हुँ ।
३. पहिलो चलचित्रमा शरीर बनाउन निकै मिहिनेत गर्नुभएको थियो, यसमा पनि त्यस्तै मिहिनेत छ कि ?
पहिलो चलचित्रमा जस्तो शरीर नै बनाउनुपर्ने त छैन । तर, आफूलाई लभर ब्याइको रुपमा ढाल्नुपर्नेछ । म यसमा आफ्नो उत्कृष्ट काम दिनेछु ।
४.दोश्रो चलचित्र पनि हेमराज वीसीकै किन ?
मलाई यो चलचित्रको कथावस्तु निकै मन परेको हो । यसैले काम गर्न इच्छुक भएँ । यसमाथि हेमराज दाई लभस्टोरी चलचित्र बनाउन माहिर हुनुहुन्छ ।
फागुण ४ गतेबाट रिलिज हुने यो चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर नछाड्ने निर्माता रोहित अधिकारीले बताए ।
प्रतिक्रिया 4