+
+

सुरक्षा व्यवस्था मजदुत बनाउन गृहमन्त्री शर्माको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ६ गते १३:५५


६ असार, कैलाली । गृहमन्त्री जनार्दन शर्माले स्थानीय तहको चुनावमा मतदाताहरुलाई भयरहित वातावरणमा मतदान गर्ने वातावरणका लागि सुरक्षा व्यवस्था मजबुत बनाउन सुरक्षा नियकायलाई निर्देशन दिएका छन् ।

प्रदेश नम्बर ७ मा आयोजना गरिएको स्थानीय तह निर्वाचन सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री शर्माले पहिलो चरणको चुनावको अनुभवलाई समेट्दै सुरक्षा व्यवस्था बलियो बनाउन सुझाव दिएका हुन् ।

सुरक्षा समितिको गोष्ठीमा सहभागी हुन धनगढी आएका गृहमन्त्री शर्माले संचारकर्मीहरुसंग कुरा गर्दै सुरक्षाको सम्पूर्ण तयारी भएको बताए ।

उनले २ नम्बर प्रदेशमा चुनाव सर्नुको कारणबारे राखेको जिज्ञासामा सुरक्षाको कारणले नभई ऐनको संशोधनको विषयका कारण राजपाकै सहमतिमा चुनाव सारिएको बताए ।

गोष्ठीमा नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख, मुख्य निर्वाचन आयुक्त लगायत ७ नम्बर प्रदेशका तीन वटै निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?