+
+
Shares

ट्याक्सीको जरिवाना राजश्व ट्राफिक प्रहरीले नै सङ्कलन गर्ने

रासस रासस
२०७४ असार ८ गते १७:०६


८ असार, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा असुल्ने तथा मिटरमा जान नमान्ने ट्याक्सीलाई कारबाही गरेबापत उठ्ने राजस्व आफैँले सङ्कलन गर्ने भएको छ ।

यसअघि महाशाखाले ट्याक्सी कारबाहीको राजस्व तिर्न यातायात व्यवस्था कार्यालय पठाउँदै आएको थियो । उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज बनाउनका लागि यातायात व्यवस्था विभागले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई अधिकार प्रत्यायोजन गरेसँगै महाशाखाले सङ्कलन गर्न थालेको हो ।

महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङमार लामाले कारबाहीमा परेका ट्याक्सीलाई राजस्व तिर्न यातायात व्यवस्था कार्यालय पठाउने गरेको भए पनि अब महाशाखालाई अधिकार दिएको बताए ।

उहाँले भन्नुभयो, “विभागले आफ्नो जनशक्ति कम तथा राजस्व उठाउन झन्झट हुने भएकाले महाशाखालाई अधिकार दिएको हो ।” बुधबारदेखि विभागले दिएको अधिकार महाशाखाले लागू गरेको उनले बताए ।

मिटरमा जान नमान्ने वा बढी भाडा असुल्ने गरेको जनगुनासो आएपछि सरकारले हरेक ट्याक्सीलाई प्रिन्टर मेसिन जडान गर्न निर्देशन दिइसकेको र केही ट्याक्सीमा प्रिन्टर मेसिन जडानसमेत भइसकेको लामाले बताए ।

यसैगरी सवारीसाधन दर्ता नगरी चलाएमा, विदेशमा दर्ता भएका सवारी अनुमति नलिई चलाएमा, बाटो इजाजत नलिई सार्वजनिक यातायात सेवा सञ्चालन गरेमा, पटके बाटो इजाजत नलिई सवारी चलाएमा, छुट्याएका सिटमा सम्बन्धित मान्छे नराखेमा, ध्वनि सङ्केत निषेध गरेको ठाउँमा ध्वनि सङ्केत दिएमा गरिएको कारबाहीको राजस्वसमेत यातायात कार्यालयलमा पठाउने गरेकामा अब महाशाखाले नै उठाउने भएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?