+
+

देशकै ठूलो उपमहानगर घोराहीको मेयर बने एमालेका नरुलाल चौधरी

घोराही जितेर उपमहानगरपालिकातर्फ एमालेको विजयी सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १९ गते १८:३०

१९ असार, दाङ । दाङको घोराही उपमहानगरपालिका जितेर नेकपा एमालेले दोस्रो चरणमा चुनाव भएका सात उपमहानगरपालिकामा बिजयी सुरुवात गरेको छ । दाङमा निकै कमजोर मानिएको एमालेले देशकै सबैभन्दा ठूलो उपमहानगरको मेयर र उपमेयर दुवैमा फराकिलो अन्तरले विजय हासिल गरेको हो ।

घोराहीको मेयरमा एमालेका नेता नरुलाल चौधरी २२ हजार ३० मतका साथ बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका भूपवहादुर डाँगीले १७ हजार ४८४ मत प्राप्त गरे । माओवादीका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि एमालेकै सीता न्यौपाने २०७९२ मतका साथ बिजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा श्रेष्ठ १७६०३ मा रोकिइन् । त्यस्तै, घोराहीका १९ वटा वडा मध्ये एमालेले १०,कांग्रेसले ६ र माओवादीले ३ वडा जितेका छन् ।

घोराहीको विजयसँगै दाङमा एमाले पंक्ति विजयोत्सवमा छ । २०५६ सालदेखि लगातार दाङमा पराजय व्यहोर्दै आएको एमालेले यसपटक दाङमा ऐतिहासिक सफलता पाएको छ । घोराहीमा जितिसकेको एमाले तुलसीपुर उपमहानगरपालिकामा पनि विजयोन्मुख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?