Comments Add Comment

इशाले भनिन्-‘म बोल्ड हुँदा पुरुषलाई किन तनाव ?’

सेप्टेम्बर १ तारिखबाट रिलिज हुन लागेको चलचित्र ‘बादशाहो’की मुख्य नायिका हुन्, इशा गुप्ता । तर, इशाको चर्चा अहिले चलचित्रले भन्दा पनि उनको सेमी न्यूड तस्बिरका कारण भएको छ । इशाले सामाजिक संजालमा आफ्ना सेमी न्यूड तस्बिर पोष्ट गरेपछि यसले हंगामा नै मच्चायो ।

तस्बिरमा विभिन्न खालका कमेन्ट आएपछि इशाले एक म्यागेजिनसँग कुराकानी गर्दै दरिलो जवाफ फर्काएकी छिन् । उनले भनेकी छिन्-‘यदि कोही यूवती बोल्ड हुन्छिन् त पुरुषलाई तनाव हुन थाल्छ । उसलाई यस्तो लाग्छ कि, कोही उसको पुरुषत्वलाइ चुनौती दिइरहेकी छ ।’

उनले यस्ता मानिस कपटी र पाखन्डी हुन्छन् समेत भनेकी छिन् । इशाले महिलाका न्यूड तस्बिर मोबाइलमा सुरक्षित गरेर बाहिर गाली गर्ने पुरुष कपटी भएको समेत आरोप लगाएकी छिन् । उनले अगाडि भनिन्-‘कुनै पनि यूवतीको फोटोसुट उसको इच्शा शक्तिमा निर्भर गर्दछ ।’ उनले आफूले खिचेका तस्बिहरु सुन्दर भएको भन्दै नहटाउने समेत बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment