+
+
Shares

जागिर खोज्दै हुनुहुन्छ ? खुल्यो रोजगारीको सूचना दिने सरकारी वेबसाइट

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १० गते १५:२५


१० भदौ, काठमाडौं । रोजगारीको खोजी हुनुहुन्छ, त्यसो हो भने आफ्नो लागि आवश्यक जागरिक अब सरकारी वेबसाइटमै गएर पनि खोज्न सकिने भएको छ । सरकारले युवालाई रोजगारसम्बन्धी सूचना दिन http://www.jobkhoj.gov.np  वेबसाइट सञ्चालनमा ल्याएको छ ।

अहिले विभिन्न निजी क्षेत्रका कम्पनीले रोजगारीको सूचना दिन साइटहरु चलाइरहेका छन् । अब भने सरकारी तवरबाटै यस्तो सुरु प्रयास भएको छ ।

यसमा विभिन्न पदहरुमा माग भएका भ्याकेन्सी नोटिस राखिएको छ । आफ्नो योग्यता पुग्ने पदमा कहाँ जागरि खुलेको छ भन्ने थाहा पाउन यो साइट उपयोगी हुनेछ । उपयुक्त पदमा आवेदन गर्न यसले सूचना र सहायता प्रदान गर्छ ।

विभिन्न दातृ निकायको सहयोगमा सरकारले यो वेबसाइट सुरु गरेको हो । बेरोजगारहरुको लगत संकलन गरि श्रम बजारमा बेरोजगारीको स्थिति पहिचान गर्न, रोजगारीको क्षेत्र तथा अवसरहरु खोजी गर्न, बजार सम्बन्धी सूचनाहरु विद्युतीय मध्यमबाट समेत प्रबाह गरी श्रम बजार सूचनामा सरोकारवालाको पहुँच सरल र सहज तुल्याउन यो प्रभावकारी हुने विश्वास गरिएको छ ।

रोजगार सूचना केन्द्रले बेरोजगार दार्त फारम वितरण तथा बेरोजगारहरुको लगत संकलन गर्ने, विद्युतीय मध्यमबाट तथ्यांक प्रविष्टि गर्ने, तथ्यांक प्रशोधन तथा विश्लेषण गर्ने, तथ्यांक अद्यावधिक गर्ने, रोजगारदाताहरुसंग छलफल गर्ने, रोजगारीका अवसरहरुको पहिचान गर्ने, श्रम बजार सूचना व्यवस्थापन गर्ने , श्रम बजारमा रहेको अबसरको प्रचार प्रसार गर्ने र रोजगार मेला आयोजना गर्ने तथा रोजगारी सम्बन्धी परामर्श सेवा प्रदान गर्ने काम गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?