+
+

मन्दिर तथा सांस्कृतिक केन्द्र निर्माण गर्न प्रवासी मञ्चले गर्‍यो १ करोड ११ लाख सहयोग

विजय थापा विजय थापा
२०७४ भदौ १२ गते ८:१४

२८ अगस्ट, अमेरिका । रिजवुड नेपाली समाजले आयोजना गरेको श्रीमद्भागवत महायज्ञमा प्रवासी नेपाली मन्च अमेरिकाले १ लाख ११ हजार १ सय ११ डलर तथा ११ सेन्ट हस्तान्तरण गरेको छ ।मञ्चले मन्दिर तथा सांस्कृतिक केन्द्र निर्माणका लागि आर्थिक सहयोग गरेको हो ।

मञ्चले करिब १ करोड ११ लाख १ सय ११ रूपैयाँ बराबरको चेक रिजउड नेपाली समाजलाई महापुराण कार्यक्रममा हस्तान्तरण गर्यो ।

जारी महापुराणमा मञ्च अहिलेसम्म कै ठूलो रकम चन्दा प्रदान गर्ने प्रवासी संगठन भएको छ । यसअघि महापुराणका संयोजक समेत रहेका राजेश भट्टले ७५ लाख चन्दा दिएका थिए । त्यसैगरी समाजसेवी सूर्य लम्सालले पनि ३० लाख चन्दा सहयोग दिएका छन् ।

प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाले समुदायमा हुने यस्ता कार्यक्रममा सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

प्रवासी नेपाली समाज अमेरिकाले गरेको सहयोग र अद्वितीय योगदानको प्रशंसा गर्दै रिजउड नेपाली समाज तथा महापुराण आयोजक समितीले विशेषधन्यवाद दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?