+
+

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता (सहमति पत्रसहित)

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ३० गते १३:४६

३० असोज, काठमाडौं । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले एकताको दस्तावेजमा हस्ताक्षर गरे ।

एकताको दस्तावेज सार्वजनिक गर्दै देउवा र गच्छदारले हात मिलाएका थिए । देउवा र गच्छदारको बीचमा उभिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दुबैको हात मिलाइदिएका थिए ।

एकता घोषणा गरिए पनि पदको बाँडफाँट नभएको गच्छदारले बताए । उनले भने, ‘निःशर्त एकता घोषणा गरिएको छ ।’

कार्यक्रममा भावुक बनेका गच्छदारले एकताको विरोध ज-जसले गरे पनि कुनै परवाह नगर्ने बताए । कांग्रेसको राजनीति छाडेर फोरम लोकतान्त्रिक गठन गरेका उनले भने, ‘मैले रगत बगाएको पार्टीमा मेरो फोरमलाई सामेल गराएको छु मलाई विरोध गर्नेको परवाह छैन ।’

पढ्नुस् सहमति पत्र 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?