९ कात्तिक, काठमाडौं । गोविन्दराज जोशीको विरोधका बीच नेपाली कांग्रेसले तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यका लागि वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने भएको छ ।
कांग्रेस संसदीय समितिको बिहीबार बसेको बैठकले शीर्ष नेताहरुको चुनाव क्षेत्र टुंगो लगाएको हो ।
जस अनुसार पौडेल तनहुँ-१ बाट उम्मेदवार हुनेछन् । पूर्वगृहमन्त्री गोविन्दराज जोशीले पनि तनहुँ-१ को टिकट दाबी गर्दै आएका छन् ।
यस्तै काठमाडौं १ बाट प्रकाशमान सिंह, ४ बाट गगन थापा र ५ बाट प्रकाशशरण महतले टिकट पाएका छन् । गोपालमान श्रेष्ठ स्याङ्जा २, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ बाट उम्मेदवार बन्ने भएका छन् भने मिनेन्द्र रिजाल मोरङ २, महेश आचार्य ४ र शेखर कोइराला ६ नम्बर क्षेत्रबाट चुनाव लड्नेछन् ।
तीर्थ लामा काभ्रे १ बाट, प्रेमचन्द्र दाहाल सिन्धुली १ र नरेन्द्रजंग थापा सिन्धुली २ बाट, फरमुल्लाह मन्सुर वारा ३ बाट, अर्जुनप्रसाद जोशी पर्वत, एनपी साउद कञ्चनपुर २, रमेश लेखक कञ्चनपुर ३, नारायण खड्का उदयपुर १ र नारायणबहादुर कार्की २ बाट चुनाव लड्नेछन् ।
यो पनि पढ्नुस्
तनहूँ-१ बाट रामचन्द्रको जमानत जफत हुने गोविन्दराज जोशीको चेतावनी
प्रतिक्रिया 4