कुनै समयमा नेपाली चलचित्रमा हालिमुहाली गरेका नायक-नायिकाहरु यो क्षेत्रबाट हराउँदै गएको समयमा केही कलाकारले भने फेरि आफूलाई गतिलै कमब्याक गराउने छनक देखाएका छन् । नायक निखिल उप्रेतीको कमब्याक पनि राम्रै रह्यो । अब, अर्का नायक रमेश उप्रेती फेरि पनि चलचित्र क्षेत्रमा जम्ने सुरमा लागेका छन् । उनले कमब्याक गरेको चलचित्र ‘ब्रासलेट’ बक्स अफिसमा असफल भएपनि उनलाई खासै फरक परेको छैन ।
बिहिबारबाट रिलिज भएको चलचित्र ‘ऐश्वर्य’को सुखद व्यापारले रमेशलाई फेरि पनि केही बर्ष मेकर र नायकको रुपमा स्थापित गराइदिएको छ । आफैले निर्माण गरेको चलचित्रले रमेशको क्रेजलाई फर्काउने संकेत देखाएको छ ।
चलचित्र हेर्न हल पुगेका दर्शकसँग साक्षात्कार गर्न यो चलचित्रको टिम शनिबार विभिन्न हलमा पुगेको थियो । काठमाण्डौको गोपिकृष्ण हलमा पुगेका नायक रमेश उप्रेती, नायिका दीपिका प्रसाई, खलनायक प्रशान्त ताम्राकारसँग तस्बिर खिचाउनेको भिड नै लाग्यो ।
नायक उप्रेतीले पनि दर्शकको विचमा उभिएर अभिभावदन गरे भने चलचित्र रुचाइदिएकोमा धन्यवाद दिएका थिए । यस्तै, नायिका दीपिका प्रसाइ र खलनायक प्रशान्त ताम्राकारसँग सेल्फी खिच्नेको भिड पनि उस्तै देखियो । दर्शकलाई प्रशान्तले बोलेका संवादहरु धेरै याद भएको पाइयो ।
चलचित्रको सुखद कमाइसँगै लभ स्टोरी जनराको ‘ऐश्वर्य’ले चलचित्र क्षेत्रलाई नै खुशी दिएको छ । दिवाकर भट्टराई निर्देशित चलचित्रले नेपाली मोडलिङ क्षेत्र, धनाढ्य व्यापारीविचको लडाइलाई पर्दामा उतारेको छ ।
तस्बिरः विवेक बस्याल
प्रतिक्रिया 4