+
+

रामचन्द्र पौडेलको चुनावीसभामा कविता वाचन गर्दागर्दै एक कार्यकर्ताको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १ गते ८:००

१ मंसिर, दमौली । तनहुँको भानु नगरपालिका–१२ मा बिहीबार कांग्रेस नेता रामचन्द्र पौडेलको चुनावी सभा भइरहेको थियो । पौडेलले सभालाई सम्बोधन गरिसकेपछि उदघोषकले कांग्रेस कार्यकर्ता श्रीभद्र पण्डितलाई मञ्चमा बोलाए ।

पण्डित माइक समातेर कविता वाचन गर्न थाले । ‘जबसम्म खोला बगिरहन्छ कांग्रेस रहिरहन्छ, म बाँचुञ्जेल कांग्रेस रहिरहन्छु’ भावको कविताका केही अंश मात्रै के वाचन गर्न भ्याएका थिए, उनी ढले ।

उनलाई कांग्रेस कार्यकर्ताहरुले उपचारका लागि डुम्रेको अस्पतालमा त पुर्‍याए । तर, उनलाई कार्यकर्ताहरुले बचाउन सकेनन् । केही समयअघि आफैंले वाचन गरेको कवितामा भनेझैं उनले कांग्रेस भएरै धर्ती छाडे ।

कांग्रेस तनहुँले दिएको जानकारी अनुसार, ५६ वर्षीय पण्डितको शुक्रबार तार्कुघाटमा अन्त्येष्टि गरिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?