+
+
Shares

ओलीले भने-कसैसँग भ्रष्टाचारी भन्ने तागत छ, म बहस गर्न तयार छु

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ६ गते १७:२०

६ मंसिर, बुटवल । एमाले अध्यक्ष केपी शर्मा अोलीले सबै नेतालार्इ भ्रष्टाचारीकाे सूचीमा नराख्न चेतावनी दिएका छन् । अाफूले कुनै भ्रष्टाचार गरेको प्रमाण पेस गर्न अोलीले चुनाैती समेत दिएका छन् ।

सबै नेता उस्तै हुन्छन् भन्दै नेताहरुलाई भ्रष्टाचारीको आरोप लगाइएको भन्दै अध्यक्ष ओलीले आफूलाई भ्रष्टाचारी भन्ने कसैको ताकत भए बहस गर्न तयार रहेको बताए ।

”सबै नेता उस्तै हुन, भ्रष्टाचारी छन् भन्छन्,’ ओलीले भने,’म गृहमन्त्री पनि भएँ, परराष्ट्रमन्त्री पनि भएँ, कसैसँग भ्रष्टाचारी भन्ने तागत भए म सार्वजनिक रुपमा बहस गर्न तयार छु ।”

एमाले-माओवादी गठबन्धन रुपन्देहीको बुटवलमा आयोजना गरेको चुनावी सभामा बोल्दै ओलीले अबको चुनावपछि वामपन्थीको सरकार गठन गरेर भ्रष्टाचारमुक्त देश बनाउने बताए ।

भ्रष्टाचारलाई माथिबाटै निर्मूल पार्दै समृद्धि र विकाससँगै जनताको सरकार बनाउने बताए । ”अब वामपन्थीको सरकार बन्छ, भ्रष्टाचार तलबाट होइन माथिबाटैमुक्त हुन्छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने,’अबको पाँच वर्षमा जनताको सरकार कस्तो हुन्छ भन्ने हामी देखाउँछौं ।’

यस्तै,कार्यक्रममा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले नेपालको बिकास र भविष्य वामको हातमा रहेको भन्दै दुई पार्टी एकता गर्न लागिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?