Comments Add Comment

३५ बर्ष पार गरेपछि किन बिवाहप्रति उदासिनता ?

विवाह गर्ने सही उमेर कुन हो ? भूगोल, रितिरिवाज, समाज अनुसार यसको जबाफमा एकरुपता नहुन सक्छ । हामीकहाँ यसको रेडिमेड जवाफ छ, ‘आफ्नो खुट्टामा उभिने भएपछि ।’

अर्थात आफ्नो कमाइमा आश्रति हुन सक्षम भएपछि बिहे गर्न सकिन्छ । तर, शरीर विज्ञान, सामाजिक अवस्था आदिले यसो भन्दैन । बिवाहको निर्धारण आर्थिक सुरक्षाले मात्र गर्ने होइन । यसमा निश्चित उमेर समूहले खास महत्व राख्छ ।

किन २० बर्ष पारी, बिहेवारी ?

एउटा उमेर पार गरिसकेपछि बिवाहको जुन रस र रौनक हुनुपर्छ, त्यो रहँदैन भनिन्छ । एक अध्ययनले यसै भन्छ । त्यसैले हामीकहाँ २० बर्ष पारी बिहेवारी भन्ने गरिन्छ । खासगरी महिलाको हकमा यसो भनिएको हो । २० बर्षपछि महिलाहरु शारीरिक रुपले परिपक्क हुन्छन् । उनीहरुको यौनाङ्ग र प्रजनन अंगको राम्ररी बिकास भइसकेको हुन्छ । यस्तो अवस्थामा बच्चा जन्माउनु सुरक्षित हुन्छ । साथै मानसिक रुपले पनि उनीहरु परिपक्क हुन्छन् । अर्कोतिर पढाई र करियरलाई पनि यसमा जोडिएको छ ।

केटाहरुको हकमा उनीहरु आर्थिक रुपले सवल वा पारिवारिक दायित्व बहन गर्न सक्षम हुनुपर्ने अघोषित मान्यता छ । अतः २५ देखि ३० बर्षभित्र बिहे गरिसक्नुपर्ने धारणा हामीकहाँ व्यप्त छ । यो भन्दा कम उमेरमा अपरिपक्क हुने र त्यसभन्दा माथि भएपछि पारिवारिक जीवन एडजस्ट गर्न गाह्रो हुने आम बुझाई छ ।

के भन्छ अध्ययन ?

३५ वर्षको उमेर कटेपछि भने महिला वा पुरुषमा विवाहको इच्छा मर्दै जाने एक अध्ययनले देखाएको छ ।

शहरी पृष्ठभूमिका ३५ देखि ४० वर्ष उमेर समुहका एक सय व्यक्तिहरुमा सो अध्ययन गरिएको थियो । अध्ययनमा अधिकांस पुरुष र महिलाहरुले स्वीकारेका थिए कि उनीहरुमा विहेको रहर मरिसकेको छ ।

आखिर ३५ वर्ष कटेपछि महिला-पुरुषमा के हुन्छ जसले विवाहप्रति उदासिन बनाउँछ ?

१. हरेक सम्वन्धका केही सीमाहरु हुन्छन्, जसले व्यक्तिलाई बाँधेर राख्छन् । तर, कुनै सीमाबिना ३५ सम्म बाँच्नुहून्छ, त्यसपछि अचानक बिहे गरेर सीमाभित्र बाँधिन गाह्रो हुन्छ ।

२. बिवाहमा आनन्द र रमाइलो मात्र हुँदैन, यसमा तनाव, बोझ र उतारचढाव पनि हुन्छन् । तर सिंगल लाइफमा न कुनै बोझ हुन्छ न कुनै तनाव । ३५ वर्षसम्म यस्तो ‘शान्तिपूर्ण’ जीवन बाँचिसकेपछि फेरि बिहेको झमेलामा फस्न को चाहला ?

३. बिवाहअघि एक किसिमले स्वतन्त्र भइन्छ । मन लागेको बेला घरबाट निस्किन सपिकन्छ, मन लागेको काम गर्न सकिन्छ, आफूखुशी घुम्न जान सकिन्छ, साथीहरु भेट्न सकिन्छ । तर विवाहित जीवनमा यति निस्फिक्री हुन सकिँदैन । यसले पनि ३५ कटेपछि विवाहमा निरुत्साहन पैदा गर्छ ।

४. सिंगल व्यक्तिलाई आफ्नो करिअर अगाडि बढाउन सजिलो हुन्छ । तर वैवाहिक जीवनको वन्धनमा बाँधिइसकेपछि घर परिवारलाई पनि समय दिनुपर्ने हुन्छ र करिअरमा फोकस गर्न सकिँदैन । ३५ पछि बिहे गर्न मन नलाग्ने यो पनि एउटा कारण हो ।

५. लामो समयसम्म सिंगल भइयो भने विवाहपछि आफ्नो पति वा पत्नीको अधिनमा बस्न कत्ति पनि रुची बाँकी रहँदैन ।

६. सिंगल हुँदाको सबैभन्दा ठूलो ‘फाइदा’ के हो भने कुनै पनि समयमा कोहीसँग पनि डेट गर्न सकिदैन । तर, बिहेपछि यस्तो असम्भव हुन्छ । यही भएर विवाह नगरी बस्नेहरु पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment