+
+

सप्तरीमा कटुवा पेस्तोलसहित चारजना पक्राउ

रासस  रासस 
२०७४ मंसिर १२ गते ६:३४

१२ मंसिर, राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकास्थित सकरपुराबाट प्रहरीले एकथान कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ ।

गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले सकरपुरास्थित एक घरमा मदिरा खाइरहेको अवस्थामा उनीहरुलाई गएराती ८ः३० बजे एक थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने तीन राउण्ड गोलीसहित पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

पक्राउ परेकाको नाम प्रहरीले खुलाएको छैन । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिँहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?