Comments Add Comment

राजनीतिमा होमिदै रजनीकान्त, विधानसभा चुनाव लड्ने घोषणा

मुम्बई । दक्षिण भारतीय सुपरस्टार अभिनेता रजनीकान्त अब राजनीतिमा आउने भएका छन् । उनले तमिलनाडुमा हुने विधानसभा चुनाव लड्नेसमेत घोषणा गरे । साथै उनले आफ्नै राजनितीक पार्टी बनाउने पनि बताएका छन् ।

‘म कायर होइन । त्यसकारण पछि हट्दिन । म आफ्नो कर्तब्यपालना गर्दै अघि बढ्छु,’ उनले भने ।

उनले तमिलनाडुमा लोकतन्त्र खराब गतिमा हिँडिरहेको धारणा राखे । लोकतन्त्रलाई संस्थागत गर्नका लागि सिस्टम नै बदल्नुपर्ने धारणा राख्दै उनले भ्रष्टाचारबिरुद्ध कडा रुपमा प्रस्तुत हुने बताए । उनले यो पनि भने, ‘यस संकटको घडीमा राजनीतिमा नआउनु भनेको मेरो पनि लज्जाको विषय हुनेछ ।’

रजनीकान्तले सन २०१७ को अन्तिम दिन राजनीतिमा औपचारिक प्रवेश गर्ने घोषणा गरे । त्यसो त प्रदेशको लोकप्रिय मुख्यमन्त्री जयललिताको निधन लगत्तै रजनीकान्त राजनीतिमा प्रवेश गर्ने हल्ला थियो । ६७ वर्षीय रजनीकान्तले सन २०२१ मा हुने विधानसभामा २ सय ३४ सिटमै आफ्नो पार्टीले चुनाव लड्ने बताए ।

जयललिताको निधनपछि तमीलनाडुको राजनीतिमा खालीपनको महसुस् हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment