+
+

एनआरएन अमेरिकाको १०० दिनको समीक्षा

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २३ गते १४:३९

७ जनवरी, ह्युस्टन(अमेरिका)।आफ्नो कार्यकालको १०० दिन पुगेको अवसरमा एनआरएन अमेरिकाले पहिलो पटक कार्यसमिति सदस्य र आइसीसी प्रतिनिधि समेतको उपस्थितिमा समीक्षा बैठक गरेको छ ।

यस बैठकमा विशेषत: नयॉ कार्यसमितिले पहिलो सय दिनमा सम्पन्न गरेका र गर्न लागिएका मुख्यमुख्य नयाँ कार्यक्रमको समीक्षा गरेको मिडिया संयोजक तथा बोर्ड सदस्य बाल जोशीले जानकारी दिए ।

बैठकले एनआरएन अमेरिकाले आगामी दिनमा गर्ने कामहरुको प्राथमिकता निर्धारण गर्ने, सदस्यहरुवीचमा कार्य विभाजन गर्ने, आइसीसीसँग कार्य संयोजन गर्ने, स्थानीय नेपाली र अमेरिकी समुदायसँग समन्वय बढाउने, टिपीएसको म्याद थप गर्न नेपाल सरकार एवं अमेरिकी सरकारसँग थप पहल गर्ने लगायतका विषयमा नीति निर्णय गरेको बुझिएको छ ।

यसैगरी बैठकमा एनआरएन अमेरिकाको छुट्टै हेल्प डेस्क स्थापना, हालका १६ हजार सदस्यहरुलाई आइडी कार्ड वितरण, नेपाली साँस्कृतिको प्रवर्धन, नेपाली भाषाको पुस्तक वितरण, एनआरएनको हेडक्वाटर भवन निर्माण, संस्थाको कोष बृद्धि गर्ने कार्यक्रम संचालन एवं विश्व विध्यालयका छात्रछात्राहरुलाई स्कलरसीपको ब्यवस्थापन सम्वन्धमा कार्य समितिका विभिन्न संयोजकहरुले प्रस्तुत गरेका प्रगति विवरणमाथि छलफल गरेको छ ।

गुणराज लुईटेलबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?