+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रिहा भएपछि डा. केसीले भने- आदेशप्रति सकारात्मक छु, अनसनबारे भोलि निर्णय लिन्छु

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २६ गते १९:०२

२६ पुस, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा डा. गोविन्द केसीले सर्वोच्चको आदेशलाई सकारात्मक भनेका छन् ।

अदालतको अवहेलना मुद्दामा डा. केसी सोमबार अनस्थलबाटै पक्राउ परेका थिए । तर, न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले आदेश अनुसार बुधबार साँझ साधारण तारेखमा रिहा भएका छन् ।

साथै प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपि, उमेर विवादमा न्याय परिषद् गरेको निर्णय र शैक्षिक प्रमाणपत्रको प्रतिलिपी झिकाउन आदेश दिएको छ ।

प्रहरी हिरासतबाट रिहा भएपछि डा. केसीले सर्वोच्चको आदेश सकारात्मक भएको बताएका छन् । अदालतबाट निस्केन क्रममा उनले भने, ‘जे आदेश भयो, त्यसलाई मैले सकारात्मक रुपमा लिएको छु ।’

तर, धेरै मागहरु रहेको भन्दै उनले अघि भने, सत्याग्रह स्थगित हुन्छ कि निरन्तरता दिने भनेर भोलि निर्णय लिन्छु ।’

उनले आफ्नो पक्षमा बहस गर्ने तथा समर्थन गर्ने सबैप्रति आभार प्रकट गरे ।

डा. केसीको तर्फबाट बहस गरेका अधिवक्ता सुरेन्द्र भण्डारीले पनि अदालतको आदेशलाई सकारात्मक रुपमा लिएको बताए । यसले नागरिकको रुपमा स्वस्थ रुपमा आलोचना गर्न पाउने स्थापना गरेको र प्रधानन्यायाधीश पराजुलीमाथि छानविन हुने भएको उनले बताए ।

उनले अघि भने, ‘अदालतले पनि आफ्नो शाख बताउन काम गर्‍यो । डा. केसीको अभियानलाई पनि साह्रै ठूलो सहयोग हुन्छ । त्यसैले अदालतको आदेश स्वागत योग्यछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?