+
+

प्रदेश ५ को सभामुखमा माओवादी नेता पूर्णको दाबी

'गृह, अर्थ र पूर्वाधारमन्त्री माओवादीले पाउनुपर्छ'

पाण्डव शर्मा पाण्डव शर्मा
२०७४ माघ ९ गते १४:१७

८ माघ, दाङ । प्रदेश ५ को सभामुखमा पूर्वी रुकुमबाट प्रदेशसभामा निर्वाचित माओवादी केन्द्रका नेता पूर्ण घर्तीमगर ‘आयाम’ले दाबी गरेका छन् ।

मुख्यमन्त्री एमालेले पाउने अवस्थामा सभामुख माओवादीले पाउनु उनले बताए । ‘माओवादी केन्द्रको पाँच नं. प्रदेशको संयोजक म हुँ, यो प्रदेशकोे सिनिएर भएकाले मेरो दावी हुनु स्वभाविक हो,’ नेता घर्तीले भने, ‘जातीय क्लस्टर मिलाउँदा पनि सभामुख पद मैले नै पाउनुपर्छ ।’

प्रदेश ५ को मुख्यमन्त्रीमा भने एमाले नेता शंकर पोखरेललाई अघि सार्ने दुबै दलका शीर्ष नेतृत्वबीच सहमति भइसकेको छ । ‘खस आर्य समुदायबाट मुख्यमन्त्री भइसकेपछि सभामुख जनजाति समुदायबाट हुनुपर्छ,’ नेता घर्तीले भने, ‘हामी लगत्तै संसदीय दलको बैठक बसेर सबै कुरा टुंग्याउँछौं ।’

नेपालको दश वर्षे जनयुद्धमा रोल्पा रुकुमको भूमिका महत्वपूर्ण भएकाले अवसरको वाँडफाँट पनि त्यहि ढंगले हुनुपर्ने उनको भनाइ छ ।

‘एमालेले मुख्यमन्त्री पाएको अबस्थामा माओवादीले सभामुखसहित, गृह, अर्थ र पूर्वाधार मन्त्रालय पाउनुपर्छ,’ नेता घर्तीले भने, ‘वाम गठबन्धनबीच सम्मानजनक पदको वाँडफाँट हुनुपर्छ भन्ने हाम्रो पार्टीको धारणा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?