+

५० हजार पुरस्कारको महिला स्क्वाट प्रतिस्पर्धा हुने

२०७४ माघ  १२ गते १८:४७ २०७४ माघ १२ गते १८:४७
५० हजार पुरस्कारको महिला स्क्वाट प्रतिस्पर्धा हुने

१२ माघ,काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चको सन्दर्भ पारेर काठमाडौंमा एक लाख रुपैयाँ पुरस्कार राशीको अन्तरक्लब स्क्वाट प्रतिस्पर्धा हुने भएको छ । ज्यास्मिन फिटनेस सेन्टरले तेस्रो अन्तरक्लब महिला स्क्वाट प्रतिस्पर्धा गराउने भएको हो ।

यसपटकको स्पर्धामा इडेशप मेडिया एण्ड इन्टरटेन्मेन्ट प्रालिले पनि ज्यास्मिन फिटनेससँग सहकार्य गर्ने भएको छ । ज्यास्मिन फिटनेस सेन्टरले यसअघि दुई पटक अन्तरक्लब महिला स्क्वाट प्रतिस्पर्धा गराइसकेको छ ।

अघिल्ला प्रतिस्पर्धाले महिलाहरुमा उत्साह थपेकाले यसपटक बिगतको भन्दा बृहत हुने आयोजक ज्यास्मिन फिटनेश सेन्टरका निर्देशक निरोज लामाले पत्रकार सम्मेलनमा बताए ।

महिलाहरुको स्वास्थ्य,तन्दुरुस्ती र अधिकारको विषयमा चेतना फैलाउनु र शारीरिक व्यायाम भनेको पुरुषलाई मात्र आवश्यक हो भन्ने भ्रम हटाउन यो प्रतिस्पर्धाको मुख्य उद्धेश्य रहेको उनले बताए ।

मार्च ६ र ७ दुई दिन आयोजना हुने प्रतिस्पर्धा त्रिपुरेश्वरस्थित ज्यास्मि फिटनेसमै आयोजना हुने आयोजकले जनाएको छ । प्रतिस्पर्धामा बिजयी खेलाडीमध्ये पहिलो पुरस्कार ५० हजार, दोस्रो ३० हजार र तेस्रो २० हजार रहेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय