कति बालबालिकामा जन्मजात मुटुमा प्वाल हुने गर्छ । कसैलाई वंशानुगतमा यो समस्या हुन्छ । गर्भमा रहेको भू्रणको विकासक्रममै उसको मुटुमा प्वाल रहन सक्छ । यसलाई चिकित्सले ‘होल इन हार्ट’ भन्ने गरेका छन् । जतिबेला बच्चा गर्भमा हुन्छ, त्यसबेला उसको मुटु एउटा ट्यूबमा र चार च्याम्बर अंगको रुपमा विकास भइरहेको हुन्छ । यहि क्षणमा हो, मुटुको विभिन्न भागहरुको पनि विकास हुने । तर, कारणबस मुटुको विकास समूचित रुपमा हुन नपाएादा मुटुमा प्वाल रहने गर्छ ।
शिशुमा हुने मुटुको प्वाल विभिन्न प्रकारको हुन्छ । मुटुको माथिल्लो भागमा पर्ने प्वाललाई एएसडी (एट्रियल सेप्टल डिफेक्ट) भनिन्छ । मुटुको तल्लो भागमा वा दुई च्याम्बरको बीचमा हुने प्वाललाई भीएसडी (भेन्ट्रिकुलर सेप्टल डिफेक्ट) भनिन्छ ।
त्यसबाहेक, मुटुको अनेक समस्याका कारण पनि बालबालिकाको मुटुमा प्वाल हुन गर्छ ।
अब के गर्ने ?
मुटुमा प्वाल छ भन्दैमा धेरै ठूलो चिन्ता लिनु पर्दैन । यद्यपी उपचार भने गराउनै पर्छ । किनभने यसको उपचार संभव छ । मुटुको प्वाल भएमा बच्चाहरुको डाक्टर अर्थात पेड्रियाटिक डाक्टरलाई देखाउन सकिन्छ ।
भीएसडी (भेन्ट्रिकुलर सेप्टिक डिफेक्ट) भएमा बालबालिकाको समग्र विकाससागै यो समस्या स्वत: कम भएर जान्छ । त्यस्तै, इएसडी भनेको मुटुको दुई, तीन वटा ठाउमा हुने प्वाल हो । यस्ता प्वाल टाल्न खासै आवश्यक हुादैन ।
समग्रमा भन्नुपर्दा मुटुको प्वाल जसलाई बन्द गर्न जरुरी हुन्छ, चिकित्सकहरु आपन हार्ट सर्जरीद्धारा त्यस्ता प्वाल टाल्ने गर्छन् । यसको लागि मुटु रोग विशेषज्ञसाग परामर्श लिन आवश्यक छ ।
कसरी थाहा पाउने ?
प्राय दुई तरीकाको बच्चाको मुटुमा प्वाल हुने सम्भावना अधिक हुन्छ ।
१. बच्चाको शरीरमा नीलडाम देखिन्छ ।
मुटुको समस्या भएमा बच्चाको शरीर तथा अनुहार बाहेक पनि जिब्रो, ओठ तथा नङ पनि निलो हुने गर्छ । यही कारण कति बच्चाहरु पटक पटक बेहोश पनि हुन्छन् ।
२. दूध पिउनमा समस्या हुने, दूध पिउादा पसिना निस्कने, चाडै थाक्ने हुने तथा बारम्बार निमोनियाको लक्षण देखा पर्न गर्दछ ।
यस्ता समस्या भएमा मुटुबाट आवाज निस्कने गर्छ । दुवै अवस्थामा मुटुको प्वाल सानो भएमा यस्तो समस्या ढिलो थाहा हुन्छ । यो समस्या पत्ता लागे शल्यक्रिया तथा एन्जोप्लाष्टीद्धारा पनि समस्याको समाधान गर्न सकिन्छ ।
अब के गर्ने त ?
आधुनिक उपचार विधिद्वारा चिकित्सकले गर्भावस्थाको १८ हप्तामैफीटल इको कार्डियाग्राम गरेर पनि यो रोग पत्ता लगाउन सकिन्छ, जसमा हार्ट अल्ट्रासाउण्ड मेसिन प्रयोग गरिन्छ ।
शिशुमा यदी कुनै प्रकारको विकार देखिएमा वा शिशुमा यस्तो समस्या देखिएमा पिसाबको जााच तथा रक्त परिक्षणद्धारा पनि यो रोग पत्ता लगाउन सकिन्छ । साथै, इकोकार्डियोग्राम, इसिजी, छातीको एक्सरेबाट पनि यो रोग पत्ता लगाउन सकिन्छ ।
यो रोग लागेमा एंजियोप्लाष्टीद्धारा मुटुको आकार, साइज तथा गहिराई मापन गरिन्छ । त्यसपछि क्याथेटरद्धारा उक्त प्वाललाई उपकरणद्धारा बन्द गरिन्छ । उक्त उपकरण प्रयोग गरिने प्रकृया एंजियोप्लाष्टी जस्तै हुन्छ ।
प्रतिक्रिया 4