Comments Add Comment

जलजलाको उपचारका लागि बिश्वकर्मा समाज यूएईको १ लाख २२ हजार सहयोग

१२ फेब्रुअरी, यूएई । मिर्गौला रोगबाट ग्रसित नेपाली तारा सिजन-३ कि चर्चित गायिका जलजला परियारको उपचारमा सहयोगका लागि यूएईबाट बिश्वकर्मा समाजले १ लाख २२ हजार ३३९ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

यूएईमा रहेका जलजलाका शुभेच्छुकहरुबाट उक्त रकम संकलन गर्न यूएईको जातीय संघ बिश्वकर्मा समाजले अगुवाइ गरेको समाजका निवर्तमान अध्यक्ष बाबुराम बिश्वकर्माले बताए ।

कलाकार कुलेन्द्र बिश्वकर्माको नेतृत्वमा माघ २८ गते आइतबार उक्त रकम बिश्वकर्मा समाजका शुभेच्छुकहरुको उपस्थितिमा टिचिङ हस्पिटलमा हस्तान्तरण गरिएको हो ।

दुई सातासम्म यूएईमा संचालित जलजला सहयोग अभियानमा करिब ८८ जनाले ब्यक्तिगत सहयोग गरेको अभियानका सहसंयोजक तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज सारजहा क्षेत्रीय समिति (इनास) का महासचिव कृस सुनार घिमिरे जानकारी दिएका छन् ।

सहयोग संकलन तथा एकीकृत गर्न अबुधाबीबाट झलक सुनार, सारजहाबाट मनु सुनार र दुबईबाट दुजमान सुनारले प्रभावकारी भूमिका निर्वाह गरको बिश्वकर्मा समाजका केन्द्रीय सदस्य समेत रहेका सुनारले बताएका छन् ।

जलजलाकै सहयोगका लागि स्वदेश तथा विदेशबाट असिमित आर्थिक सहयोग जुटन थालेको समाचार सार्वजनिक भएपछि यूएईको सहयोग अभियान गत फेब्रुअरी ३ तारिखमा बन्द गरेको थियो ।

यसै सिलसिलामामा संकलन भएको केही रकम दाताहरूको सहमतिमा झापाकी मिर्गौला रोगबाट पीडित पत्रकार माया पकवालको लागि सहयोग गरिएको छ ।

नेपाल पत्रकार महासंघ यूएई शाखा अन्तर्गत संचालित माया पकवाल सहयोग समितिमा ५ सय ५० दिराम (१५ हजार रुपैयाँ) हस्तान्तरण गरेको अभियानका संयोजक बाबुराम बिश्वकर्माले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment