६ फागुन, कैलाली । प्रदेशसभा ७ को उपसभामुखमा निर्वाचित निर्मला बडाल (जोशी) ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।
आइतबार बसेको प्रदेशसभा ७ को बैठकमामार्फत उपसुभामुखमा निर्विरोध निर्वाचित भएपछि सभामुख अर्जुनबहादुर थापाले जोशीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शनिबार वाम गठबन्धनका तर्फबाट उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी जोशीलाई अन्य कसैको उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।
जोशी नेकपा (माओवादी केन्द्र) को तर्फबाट दार्चुलाबाट प्रदेशसभा सदस्यमा समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएकी हुन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4