+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
53/4 (9.2)
Shares

१० वर्षपछि ‘यौनकर्मी’ बनेर फर्किदै मेघना नायडु

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ७ गते ११:४८

मुम्बई । १० बर्षसम्म फिल्मबाट टाढा रहेकी बलिउड नायिका मेघना नायडु कमब्याकको तयारीमा छिन् । बोल्ड छबीको कारण चर्चामा रहेकी उनले आफ्नो कमब्याक फिल्ममा यौनकर्मीको भुमिका निभाउनेछिन् ।

मेघनाका अनुसार उनले बंगाली फिल्म ‘सितारा’ मा काम गर्न लागेकी हुन् ।

‘हो म सितारामा यौनकर्मीको भुमिकामा देखिँदैछु,’ उनले भनिन् ।

यो फिल्म र भारत र बंगलादेशमा सञ्चालित वेश्यालयमा केन्द्रित हुने भएको छ । त्यसो त भारत र बंगलादेशमा हुने मानव तस्करीलाई पनि उजागर गरिने मेघनाले बताइन् ।

मेघनाले केही ‘बी ग्रेड’ का हिन्दी फिल्ममा काम गरेकी छिन् । उनी बलिउडको साथै दक्षिण भारतीय फिल्ममा सक्रिय छिन् । हिन्दी चलचित्र ‘हवस’मा काम गरेपछि उनी चर्चामा आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?