+

‘प्रदेश ४ मा खेल पर्यटनको प्रचुर सम्भावना’

२०७४ फागुन  २३ गते १९:०३ २०७४ फागुन २३ गते १९:०३
‘प्रदेश ४ मा खेल पर्यटनको प्रचुर सम्भावना’

२३ फागुन, पोखरा र पोखराका विभिन्न परिचय छन् । त्यसमध्ये सबैभन्दा बढी सुनिने र बोलिने परिचय हो, पोखरा पर्यटकीय नगरी । यहाँका प्रकृतिमा रमाउन बर्सेनि हजारौं पर्यटक आउँछन् । तर, पर्यटकीयन नगरी पोखरामा पर्यटनका केके पूर्वाधार तयार छन् र केके पर्यटनको सम्भावना छन् त ?

यस विषयमा बहस हुन थालेका छन् । खेलकुद पर्यटनको यहाँ कत्तिको सम्भावना छ र त्यसका लागि केके पूर्वाधार चाहिन्छ त ? पोखरामा बुधबार बहस भएको छ ।

खेलकुद र सरोकारवालाबीच खेलकुद पर्यटनका विषयमा छलफल र बहस गरिएको हो । यसको संयोजन गरेको थियो, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले ।

सरोकारवालादेखि मन्त्रीसम्मले बहस गरेर निचोड निकालेका छन्, पोखरा पर्यटनको हब नै बनाउन सकिन्छ ।

विविध खालका खेल खेलाउन सकिने र यसका माध्यमबाट विश्वका खेलाडीलाई प्रदेशमा भित्राएर समृद्धिको बाटोमा लैजाने सकिने बक्ताहरुको जोड छ ।

खेलकुदका माध्यमबाट पनि प्रदेशको समृद्धि र विकासको ढोका खोल्न सकिने सरोकारवालाले जोड दिए । तर, त्यसका लागि प्रदेश सरकारले बनाउने नीति नियम र कानुनमा खेललाई उच्च प्राथमिकता दिनुपर्नेमा सहभागीको जोड थियो ।

प्रदेश ४ का उद्योग, पर्यटन तथा वनमन्त्री रामशरण बस्नेतले प्रदेश सरकारले बनाउने नीति, नियम र कानूनमा यस्तै खालका अन्तक्रिर्या र छलफलले सघाउने बताए । उनले भने ‘प्रदेश सरकारले हरेक व्यक्तिको सल्लाह सुन्न तयार छ, हामीहरु कम बोल्छौं, नम्बर एक प्रदेश बनाउन व्यवहारमा काम गरेर देखाउने छौं ।’

खेल पर्यटनका लागि चाहिने अन्तर्राष्ट्रिय खेल मैदान निर्माणदेखि प्रशिक्षण केन्द्र, सार्कस्तरीय खेल तथा विश्वकै खेलाडी तान्ने खालको नीति निर्माणमा प्रदेश सरकारले जोड दिएको बस्नेतले बताए ।

सांसद राजीव पहारीले राज्यको तुलनामा निजी क्षेत्रले खेलकुदको पूर्वाधार निर्माणमा बढी गरेको उल्लेख गर्दै उनले सार्वजनिक निजी साझेदारीलाई अवलम्बन गर्दै अघि बढ्ने बताए

सांसद इन्द्रधारा बिष्टले उत्तर र दक्षिण दुवैतर्फबाट हेर्दा पनि हिमाल देख्न सकिने प्रदेश ४ रहेको उल्लेख गर्दै हन्टिङ, घोडाचढी खेल मुस्ताङ क्षेत्रमा बढी रहेको बताए । उनले हन्टिङ खेल गरेमा तत्काल व्यवस्थापनमा सहज रहेको उल्लेख गरे ।

सांसद मोहनप्रसाद रेग्मीले हिमालदेखि पहाडसम्म जोडिएको प्रदेशमा सबैखाले खेलको सम्भावना रहेको बताए । ग्रामीण तथा आधारभूत तहमै खेलकुदलाई जोड दिनुपर्ने भन्दै यहाँ राष्ट्रिय गौरवको खेललाई व्यवस्थित गर्नुपर्ने बताए ।

खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले प्रदेश ४ ले पर्यटनलाई खेलकुदसँग जोडेर अघि बढ्नुपर्नेमा जोड दिए । त्यसको लागि पहिलो शर्त पूर्वाधार निर्माण भएकोले प्रदेश सरकारको ध्यान यसतर्फ केन्दि्रत हुनुपर्ने उनको धारणा छ ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलियाले प्रदेश ४ को विकासका लागि खेल र पर्यटन दुवैसँग जोडेर अघि बढ्नुपर्ने बताए ।

त्यसमा टिप्पणी गर्दै पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले प्रदेश ४ का कुन जिल्लामा खेलको सम्भावना छ, त्यसतर्फ केन्दि्रत हुनुपर्ने बताए । अब चिन्ता होइन, चिन्तन गर्नुपर्ने बेला आएको उल्लेख गर्दै सरोकारवाला निकायले पर्यटन र खेलकुदलाई जोडेर प्रदेशको विकास र समृद्धिमा चिन्तन गर्नुपर्ने बताए ।

भूपू खेलाडी मञ्चका पूर्व अध्यक्ष खड्गबहादुर रानाभाटले राज्यले खेल र खेलाडीलाई संरक्षण दिनुपर्ने बताए । उनले खेलका क्षेत्रमा सरकारले राजनीतिक नियुक्तिमा सही व्यक्तिलाई सही ठाउँमा नियुक्ति गर्नुपर्ने बताए ।

जिल्ला क्रिकेट संघ, कास्की अध्यक्ष सञ्जयकान्त सिग्देलले एकदुई खेललाई प्राथमिकतामा राखेर तत्काल अघि बढ्नुपर्ने बताए ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले खेलका गतिविधिमा आन्तरिक पर्यटनलाई समेत प्राथमिकता दिनुपर्ने बताए । यस्तै एन्फा उपमहासचिव गणेशबहादुर भट्टराईले सबैजना दत्तचित्त भएमात्र अघि बढ्न मात्र सम्भव हुने बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले खेलकुद, पर्यटन र खेल पत्रकारलाई सँगसँगै लिएर अघि बढ्नुपर्ने बताए ।

प्रदेश ४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय