Comments Add Comment

मेरो उछिट्टएिको दाँतका प्रशंसक धेरै : अनु शाह

एक सयभन्दा बढी म्युजिक भिडियो र करिब दुई दर्जन फिल्ममा अभिनय गरेकी अनु शाहको आज जन्मदिन । बिहानै आमाको हातबाट टिका लगाएकी अनु जन्मदिनलाई विषेश नबनाउने योजनामा छिन् ।

‘साँझपख साथीहरुसँग भेट्छु । तर, विषेश हुँदैन,’ उनले भनिन् । पछिल्लो समय सविन श्रेष्ठसँग प्रेममा रमाइरहेकी अनुसँग अनलाइनखबरले गरेको फ्यान संवाद :

तपाईंलाई फ्यानहरुले कत्तिको पछ्याउँछन् ?

त्यस्तो धेरै त छैनन् । ठिकै छन् । यति नै भन्न त मैले हेर्नैपर्छ ।

प्रेम प्रस्ताव कत्तिको आउँछ ?

प्रेम प्रस्ताव भन्दा पनि ‘तपाईको काम राम्रो लाग्छ, तपाईको मुभी रेगुलर हेर्छौ, भिडियो हेरिरहेका छौं, योभन्दा राम्रो गर्नुहोला’ भन्ने म्यासेजहरु आउँछन् । त्यसो त ‘आइ लभ यु’ लेखेर पठाउनेहरु पनि धेरै छन् । १० जनाजति रेगुलर म्यासेज गर्ने हुनुहुन्छ ।

फ्यानबाट आएका म्यासेज, एसएमएसहरुलाई रेस्पोन्स गर्नुहुन्छ ?

रेस्पोन्स गर्न त भ्याउदिनँ । त्यहीँ भएर कतिपयले ‘हामीलाई रिप्लाई पनि छैन, घमण्डी केटी’ पनि भन्छन् ।

फ्यानसँग डेटिङ जानुभएको छ ?

अहँ, त्यस्तो अवसर जुरेको छैन ।

फ्यानहरुले तपाईंको कुन कुराको धेरै प्रशंसा गर्छन् ?

धेरैले तपाईको उछिट्टएको दाँत राम्रो लाग्यो भन्नु हुन्छ । पहिला त मलाई यो दाँत ऐनामा हेर्दा दाह्रा जस्तो लाग्थ्यो । फ्यानहरुले राम्रो छ भनेपछि मलाई पनि राम्रो लाग्न थाल्यो ।

कुन उमेरका व्यक्तिहरु तपाईंका फ्यान धेरै छन् ?

प्राय युवाहरु नै हुनुहुन्छ । वच्चा र वृद्ध पनि हुनुहुन्छ । महिला-पुरुष बराबरी हुनुहुन्छ ।

कुन फिल्मपछि तपाईंका फ्यान बढे ?

धेरैले ‘द युगदेखि युगसम्म’ हेरेको कुरा गर्नुहुन्छ । मलाई पनि त्यही फिल्म रिलिजपछि हो जस्तो लाग्छ । भैरव रिलिजपछि मेरा फ्यान झन् बढे ।

फ्यानहरुबाट घेरिँदा कस्तो लाग्छ ?

रमाइलो लाग्छ । कहिलेकाहीँ अत्यधिक भिड हुँदा अप्ठयारो पनि हुन्छ ।

कस्तो-कस्तो ठाउँमा अटोग्राफ दिनुपरेको छ ?

प्रायः कार्यक्रममा जाँदा नै हो । एकपटक गोदावरीमा सुटिङ थियो । स्कुलबाट ३/४ सय विद्यार्थी भाई-बहिनी आएर लाइन लागे । तर, मैले सबैलाई अटोग्राफ दिन सकिनँ । त्यस्तोमा सबैलाई अटोग्राफ दिन गाह्रो हुन्छ ।

तपाईं चाहिँ कस्को फ्यान ?

मलाई निरुता सिंह र रेखा थापाको अभिनय मन पर्छ । रेखा थापा र म एउटै गाउँको भएकाले पनि होला उहाँको अभिनय मन पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment