+
+

एसईई दिन गएकी छात्रा विभत्स अवस्थामा मृत भेटिइन्

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १३ गते ११:२१
रहस्यमय अवस्थामा मृत भेटिएकी गाैरीकला । तस्वीर, तारा पाैडेलको फेसबुकबाट ।

१३ चैत, सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा एक छात्रा मंगलबार मृत भेटिएकी छन् ।

पञ्चपुरी नगरपालिका-३ चौर घर भइ एसईई परीक्षाका लागि बाबियाचौरमै डेरामा बसेकी गौरीकला रोकायको रहस्यमय मृत्यु भएको हो ।

परीक्षा समय हुनै लाग्दा समेत कोठाबाट ननिस्केपछि उठाउन जाँदा रोकाय विभत्स अवस्थामा मृत भेटिएकी थिइन् । १८ वर्षीया रोकाय सूर्यप्रकाश मावि पलैटेमा अध्ययनरत छात्रा हुन् ।

उनको शरीरमा चोट र निल डामहरु देखिएको र विभत्स अवस्थामा मृत भेटिएकोले हत्या भएको अनुमान प्रहरीको छ ।

यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, प्रहरी उपरीक्षक उमाान्त चतुर्वेदीले घटनाको प्रकृति हेर्दा हत्या गरेको हस्तो देखिएपनि केही नखुलेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?