+
+

चिकित्सा शिक्षा अध्यादेश पास, संसदको अधिवेशन अन्त्य

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २० गते १६:३९

२० चैत, काठमाडौं । प्रतिनिधिसभाले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पास गरेको छ । यससँगै संघीय संसदको अधिवेशन अन्त्य भएको छ ।
सोमबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अध्यादेश निणर्ायार्थ पेश गरेका थिए, जसलाई बहुमतले पास गरेको छ ।

त्यसअघि नमेकिपाका सांसद प्रेम सुवालको संशोधन बहुमतले अस्वीकृत भएको थियो ।

सुवालले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पोखरेलले प्रतिस्थापन विधेयक ल्याउन उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न लगाइएको प्रतिबन्धबारे छलफल गर्ने आश्वासन दिएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकले प्रतिस्थापन विधेयक ल्याउने निर्णय गरिसकेको छ ।

संघीय संसदको अधिवेशन अन्त्य

सोमबार नै संघीय संसद-प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको छ । संसदको बैठकमा सभामुख कृष्णबहादुर महराले मध्यरात १२ बाट अधिवेशन अन्त्य हुने राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका थिए ।

संसदको पहिलो बैठक २१ गते बसेको थियो । यो बीचमा ९ दिन बैठक बस्यो, जसले सभामुख र उपसभामुख चयन गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएका छन् । साथै तीन अध्यादेश पास गरेको छ ।

साथै राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?