+

डीपीएल : वर्षाले खेल स्थगित भएपछि महेन्द्रनगर र अत्तरियाले अंक बाँडे

२०७४ चैत  २४ गते १२:२३ २०७४ चैत २४ गते १२:२३
डीपीएल : वर्षाले खेल स्थगित भएपछि महेन्द्रनगर र अत्तरियाले अंक बाँडे
फाइल तस्वीर

२४ चैत, धनगढी । गएराती परेको वर्षा र हावाहुरीका कारण मैदन ओसिलो भएपछि धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) को शनिबारको पहिलो खेल स्थगित भएको छ ।

विहान ९ बजे तोकिएको खेल समय ११ बजे पुर्‍याइए पनि मौसममा सुधार नभएका कारण महेन्द्रनगर युनाइटेड र सिवाईसी अत्तरिया बीचको खेल स्थगित गरिएको छ । खेल स्थगित भएपछि दुबै टिमले एक/एक अंक बाँडेका छन् ।

त्यस्तै शनिबार दिउँसो १ बजे तोकिएको अर्को खेल भने के हुने टुंगो छैन । साविक विजेता टिम चौराहा धनगढी र प्रतियोगिताबाट बाहिरिसकेको रुपन्देही च्यालेन्जर्सबीच दिउँसो १ बजे खेल तोकिएको छ ।

टिम चौराहा धनगढीका लागि आजको प्रतियोगिता जित्नैपर्ने दवाव रहेको छ ।

डीपीएल धनगढी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय