Comments Add Comment

एक अर्ब पुँजी पुर्‍याउन युनाइटेडको २४० प्रतिशत हकप्रद

३ वैशाख, काठमाडौं । बीमा समितिले तोकेको चुक्ता पुँजी पुर्‍याउन युनाइटेड इन्स्योरेन्स कम्पनीले दुई सय ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

नेप्सेलाई दिएको जानकारी अनुसार कम्पनीले वैशाख २ गते बसेको सञ्चालक समितिको वैठकले यस्तो निर्णय गरेको हो । यो निर्णय बीमा समितिले स्वीकृत गर्न र कम्पनीको साधारण सभाले पारित गर्न बाँकी छ ।

हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले हकप्रद जारी गरेपछि यो रकम एक अर्ब दुई करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment