+
+

बिदा कटौतीको बिरुद्ध मुस्लिम संघले आन्दोलन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १२ गते १३:५१

२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको भातृसंस्था मुस्लिम संघ नेपालले विदा कटाैती गरिएको भन्दै अान्दोलन गर्ने चेतावनी दिएको छ ।

वाम गठबन्धनको सरकारले मुस्लिम, अादिवासी, जनजाति लगायतका समुदायको धर्म, संस्कृतिसँग जोडिएका चाडपर्वको विदा कटाैती गरेको बिरोध गर्दै संघले अान्दोलन गर्ने चेतावनी दिएको हो ।

संघले यही वैशाख १५ गते काठमडााैंमा महाधिबेशन गर्ने र त्यसको लगत्तै अान्दोलनका लागि अाव्हान गर्ने बताएको छ ।

पार्टी कार्यालय सानेपामा हुने संघको महाधिबेशनको उद्घाटन सभापति शेरबहादुर देउवाले  गर्ने जनाइएको छ । महाधिबेशनका लागि प्रतिनिधिहरु काठमाडौंमा आउने क्रम सुरू भएको छ । उनीहरुबीच नेतृत्व चयनका बिषयमा पनि छलफल सुरु भएको छ ।

मुलुक संघीयतामा गएपछि हुन लागेको यो महाधिबेशनमा संघीय संरचनामा संघलाई कसरी अगाडि बढाउने र लोकतान्त्रिक शक्ति कांग्रेसलाई आगामी निर्वाचनमा कसरी मुलुकको पहिलो राजनीतिक शक्ति बनाउन सकिन्छ भन्ने लगायतका समसामयिक बिषयमा छलफल हुने संघका अध्यक्ष अब्दुल सत्तारले जानकारी दिए ।

महाधिबेशनमा ४३ जिल्लाका ४ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ । महाधिबेशनले आगामी दुई वर्षका लागि संघको नेतृत्व चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?