+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

क्रान्तिकारीले रामपुर पुगेर मनायो मित्रमणी दिवस

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १८ गते १७:००

१८ वैशाख, चितवन । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले चितवनको रामपुर कृषि क्याम्पस पुगेर सहिद मित्रमणी आचार्यको ३३ औं स्मृति दिवस मनाएको छ।

रामपुर कृषि क्याम्पस आचार्यले पढेको र स्ववियु सभापति समेत भएको क्याम्पस हो।

आज क्रान्तिकारीको केन्द्रीय समितिद्वारा आयोजित स्मृति कार्यक्रममा अध्यक्ष रञ्जित तामाङले रामपुर क्याम्पसमा मित्रमणी स्मृति वाचनालय स्थापना गर्ने घोषणा गरे। आचार्यको सालिकसँगै रामपुर क्याम्पसका तत्कालीन विद्यार्थी जनयुद्धका सहिद मुकुन्द न्यौपाने र रामबहादुर खड्काको सालिक बनाई निर्माणाधिन स्मृति वाटिकालाई पुर्णता दिने समेत घोषणा गरे।

प्युठान जिल्लाको रम्दी भन्ने ठाउँमा विस२०१९ असार ३ गते जन्मिएका मित्रमणी आचार्य ०३७ सालमा पक्लिह्वा क्याम्पसमा र २०४१ सालमा रामपुर कृषि क्याम्पसमा स्ववियु सभापति भएका थिए ।

आचार्यलाई २०४२ साल वैशाख १८ गते चितवनको पर्साढाप भन्ने ठाउँमा खुकुरी, भाला प्रहार गरी क्रुरतापूर्वक हत्या गरिएको थियो । सोही दिनलाई नेपालका वामपन्थी विद्यार्थी संगठनहरुले मित्रमणी दिवसको रुपमा मनाउँदै आएका छन् ।

स्मृति सभामा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य यामबहादुर परियार, कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति एवम् मित्रमणीका गुरु प्राडा ईश्वरीप्रसाद ढकाल, मित्रमणीका सहपाठी टीका पोखरेलले उनको संघर्षशील जीवनको चर्चा गरेका थिए।

कार्यक्रममा क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेत, उपाध्यक्ष विजय गौतम, उपमहासचिव जीपी मैनाली र रामपुर क्याम्पसका अध्यक्ष नगेन्द्र दाहालले राष्ट्रियता, लोकतन्त्र र विद्यार्थी हकहितको पक्षमा निरन्तर लागिरहनु नै मित्रमणी आचार्यप्रति सच्चा श्रद्धाञ्जली हुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?