+
+

पूर्वप्रधानमन्त्रीलाई ओलीले बालुवाटार बोलाए, नीति तथा कार्यक्रमबारे छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २५ गते ९:०५
फाइल फोटो

२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका विषयमा पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्ने भएका छन् ।

नीति तथा कार्यक्रम घोषणा गर्नुपूर्व पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्ने परम्परा छ । आफ्नो नीति तथा कार्यक्रमको तयारीमा लागिरहेको ओली सरकारले पूर्वप्रधानमन्त्रीहरुसँग मंगलबार परामर्श गर्न लागेको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले नीति तथा कार्यक्रमबारे सुझाव लिन पूर्वप्रधानमन्त्रीहरुसँग प्रधानमन्त्रीले अहिले बिहान १० बजे बैठक राखेको जानकारी दिए ।

सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि जेठको पहिलो साता नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?