+
+

मौसमविदको प्रक्षेपण: आज र भोलि पानी पर्ने, मुस्ताङको हिमपात नरोकिने

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २८ गते ६:२८


२८ वैशाख, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज र भोलि पानी पर्न सक्ने प्रक्षेपण गरेको छ ।

महाशाखाले जनकपुर, मुस्ताङ, पोखरा र काठमाडौंको चारदिने मौसमी सूचना सार्वजनिक गर्दै यस्तो पूर्वानुमान गरेको हो । मुस्ताङमा भने हिमपात यथावत रहने अनुमान छ । मुस्ताङमा केही दिनदेखि बेमौसमी हिमपात भइरहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण हुने स्थलको मौसमी अवस्थाबारे परराष्ट्र मन्त्रालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीको आग्रहअनुसार महाशाखाले मौसमी सूचना सार्वजनिक गरेकाे हो ।

महाशाखाले मनसुन शुरु हुने तथा खास मौसमी अवस्थामा छुट्टै मौसमी सूचना निकाल्ने गरेको  छ । यसअघि गत मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको अवधिमा पनि विशेष मौसमी सूचना निकालिएको थियो ।

हेर्नुहोस् मोदीको भ्रमणलाई मध्यनजर गर्दै जारी गरिएको मौसमी सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?