+
+

पुनर्बिमा कम्पनीको क्षमता बढाउने अर्थमन्त्रीको संकेत

४ वर्षभित्र २५ प्रतिशत जनसंख्यालाई बिमामा कभर गर्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २ गते १२:३७


२ जेठ, काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले देशको एक मात्रै पुनर्बिमा कम्पनीको क्षमता बढाउने संकेत देखाएका छन् । सरकारी लगानी समेत रहेको नेपाल पुनर्बिमा कम्पनीको क्षमता अभिबृद्धि गर्दै पुनर्बिमाको लागि देशबाट बाहिरिने रकम रोक्ने उनको योजना छ ।

मंगलबार बिमा समितिको ५० औ वाषिर्कोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै खतिवडाले देशमा ब्यापार घाटा बाहेक शिक्षा घाटा र बिमा घाटा समेत रहेको बताएका छन् । पुनर्बिमा बापत देशबाट अहिले अर्बाेको रकम बाहिरिने गरेको छ ।

देशको पुनर्बिमा कम्पनीले पनि अन्तर्राष्ट्रिय बिमा कम्पनीसँग पुनर्बिमा गर्ने गरेको छ । अन्य निजी बिमा कम्पनीहरुले पनि ठूलो मात्रामा विदेशी बिमा कम्पनीसँगै पुनर्बिमा गर्ने गरेका छन् ।

साथै उनले बिमा समिति ५० औ वर्षमा प्रवेश गरेपनि बिमाको क्षेत्र भने बिस्तार हुन नसकेको बताए । अहिले देशको कुल जनसंख्याको १० प्रतिशतले मात्रै बिमा भएको छ । यो ज्यादै थोरै भएको भन्दै यसलाई बिस्तार गर्न अर्थमन्त्रीले निर्देशन दिएका छन् ।

‘बिमा समिति ५० वर्षमा प्रवेश गर्दा बिमा भने १० प्रतिशतको मात्रै यो सुहाएन, बढिमा ४ वर्षमा यो २५ प्रतिशत जनसंख्याको जिवन बिमा गर्नुहोस्, ‘उनले भने  ।

साथै उनले बिमा कम्पनीको संख्या बढ्दैमा मात्रै बिमाको बजार बिस्तार नहुने बताएका छन् । धेरै संस्था आउँदैमा मात्रै प्रतिस्पर्धा नबढ्ने उनको भनाइ छ । ‘बैंकहरु जस्तो भोली फेरी मर्ज गर्नुपर्ने स्थिती नआओस् , संख्या बढ्दैमा मात्रै प्रतिस्पर्धा र यसको बजार बढ्दैन,’उनले भने  ।

साथै उनले नेटवर्किङ मार्फत विदेशी कम्पनीको बिमा पोलीसी बेच्नेहरुलाई कडा कार्वाहि गर्ने समेत बताए ।

यसको चुक्ता पुँजी बृद्धि गर्ने प्रक्रिया पनि अघि बढि सकेको छ । तर , स्वदेशका बिमा कम्पनीले नै पुनर्बिमा कम्पनीलाई पत्याएका छैनन् । यसो हुँदा अर्बाे रकम वर्षेनी पुनर्बिमा बापत बाहिरिने गरेको छ ।

अर्थमन्त्रालयले बिमा समितिलाई पुनर्बिमाको ३० प्रतिशत बराबरको हिस्सा स्वदेशी पुनर्बिमा कम्पनीमा गराउने व्यवस्था गर्न निर्देशन दिएको छ ।

जुन अहिलेसम्म व्यवहारमा लागू भइसकेको छैन । अहिले केही बिमा कम्पनीहरुले बढीमा १५ प्रतिशत हिस्सा मात्रै नेपाल पुनर्बिमा कम्पनीमा बिमा गराउने गरेका छन् ।
पुनर्बिमा कम्पनीका सीईओ चिरायु भण्डारी भन्छन् ‘सरकारले उल्लेख्य मात्रामा स्वदेशी पुनर्बिमा कम्पनीमा बिमा गराउनु भनेको भए पनि अहिले केही कम्पनीले गराउँदै गराउँदैनन् भने केहिले थोरै हिस्सा मात्रै यहाँ बिमा गर्ने गरेका छन् ।’

अहिले पुनर्बिमा कम्पनीले आफ्नो चुक्ता पुँजी बढाएर १५ अर्ब बनाउन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?