Comments Add Comment

जब बबी देवललाई सलमानले गरे सर्ट खोल्ने प्रस्ताव

बलिउड हिरो बबी देवल लामो समयदेखि कामबिहिन थिए । फिल्म पाउन छोडेपछि लगभग इन्डष्ट्रीबाटै पलायन हुन लागेका उनलाई एक दिन सलमान खानको फोन आयो । ‘भाईसाब सर्ट खोल्ने हो ?’ सलमानले सोधे. ।

बबीले सुरुमा त कुरा बुझेनन् । अनि सोधे, ‘किन खोल्नु ?’ त्यसपछि सलमानले बुझाए । उनी आफ्नो फिल्ममा एउटा रोलको अफर गरिरहेका थियो, जसमा सर्टलेस हुनुपर्ने थियो । बबीलाई के खोज्छस कानो आँखो भइहाल्यो ।

उनले जवाफ दिए, ‘जे खोल्न पनि तयार छु ।’ अनि सलमानले बबीलाई आफ्नो फिल्ममा लिए, जुन उनका लागि ठूलो चिठ्ठा परेसरह थियो । बबीले यो फिल्मको लागि निकै मिहिनेत गरेका छन्, तर, अभिनयमा होइन ज्यान बनाउन । फिल्मको ट्रेलर बाहिर आइसकेको छ, जसमा सलमान र बबीको सर्टलेस सिन पनि छ । सलमानको भन्दा बबीको शरीर कम सुगठित देखिएको छैन ।

त्यसो त रेस ३ को ट्रेलरले खासै प्रशंसा कमाउन सकिरहेको छैन । यो फिल्ममा नयाँपनि केही नभएको भनेर कमेन्टहरु आइरहेका छन् । तर, सलमानका फ्यानहरुलाई नयाँपन किन चाहियो, उनीहरुलाई त सलमान भए पुगिहाल्यो नी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment