Comments Add Comment

भक्तपुरमा ट्रिपरको ठक्करले स्कुटरमा सवार ३ जनाको मृत्यु

९ जेठ, भक्तपुर । काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरको ठक्करबाट बुधबार तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

बा ३ ख ६६७४ नम्बरको ट्रिपरले बा ५६ प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

मृत्यु हुनेमा दोलखा मेलुङ–६ घर भई हाल मध्यपुरथिमी नगरपालिका–१ लोकन्थली बस्ने ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, करीब ४२ वर्षीया सविता घिमिरे र १३ वर्षीय अवीन्द्र घिमिरेको मृत्यु भएको हो ।

तीन जनाकै शव भक्तपुर अस्पतालमा राखिएको तथा ठक्कर दिने ट्रिपरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ट्रिपरका चालक भने फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment