Comments Add Comment

सांसदका श्रीमानमाथि बुहारी करणी गर्न खोजेको आरोप, प्रहरीले समात्यो

सा‌ंकेतिक फोटो

११ जेठ, वीरगञ्ज । सांसद् शेख चाँद ताराका श्रीमान् शेष मन्सुर बाबु जबर्जस्ती करणी गर्न खाेजेकाे आरोपमा पक्राउ परेका छन् ।

कानुन व्यावसायीसमेत रहेका शेष मन्सुरलाई प्रहरीले नातामा बुहारी पर्नेमाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरेको हो । शेष ०७४ पुस २८ गते उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा मुद्दा दर्ता भएपछि फरार थिए ।

पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जिल्ला प्रहरी कार्यालय, पर्सामा दर्ता भएको जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त मन्सुरबाबुलाई बिहीबार पक्राउ गरेको पुष्टि गरे ।

झड्केलो छोराकै बुहारीलाई उनले मंसिर १८ गते जबर्जस्ती करणी गर्न खोजेका थिए । बुहारीले घटना भएको झण्डै २० दिनपछि जिल्ला प्रहरी कार्यालय, पर्सामा मुद्दा दर्ता गरेकी थिइन् । त्यसदिनदेखि नै मन्सुरबाबुलाई प्रहरीले खोजी गरिरहेको थियो । उनलाई बिहीबार अदालत चोकबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।

पक्राउ परेका मन्सुरबाबुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

मन्सुरबाबुविरुद्धकोे मुद्दा फिर्ता लिन तात्कालीन प्रहरी उपरीक्षक डा. गणेश रेग्मीको पालामा मन्सुरबाबुकी कान्छी श्रीमती सकिलादेवी पटेल (सकिना खातुन) ले सम्धीले जबर्जस्ती करणी गर्न खोजेको भनी झूटो मुद्दा दर्ता गराएकी थिइन् । मुद्दाको रहस्य खुलेपछि प्रहरीले उनीविरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता गरी १७ दिन हिरासतमा राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment