Comments Add Comment

मलिना ‘मिस नेपाल यूएस’की प्रशिक्षक


अमेरिकाको टेक्सस राज्यमा हुने ‘छैठौ मिस नेपाल यूएस २०१८’का लागि आधिकारिक प्रशिक्षकमा पूर्व मिस नेपाल मलिना जोशीलाई नियुक्त गरिएको छ । आगामी अगष्ट १९ तारिखमा हुने कार्यक्रमका लागि मलिनालाई फाइनल गरिएको आयोजकले जानकारी दिएको छ ।

मलिना यसअगाडि सन् २०१४ मा पनि यो प्रतियोगिताको प्रशिक्षक बनेकी थिइन् । ‘मिस नेपाल यूएस २०१८’को बिजेताले ५ हजार डलर पुरस्कार र छात्रवृत्ती प्राप्त गर्नेछिन् ।

नेपाली मुलका १८ देखि २९ बर्षका यूवतीहरुले यो प्रतियोगीतामा भाग लिन पाउनेछन् । प्रतियोगीताका लागि आवेदन समेत खुल्ला गरिएको छ । जुन २३ तारिखसम्म आवेदन दिन सकिने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment