Comments Add Comment

अनमोल र प्रदिप आक्रामक, पल अलमलमा


नायक राजेश हमालपछिको पुस्ताले बनाउन नसकेको स्टारडम अहिले केही नायकमा देखिन थालेको छ । तर, उनीहरुले यो स्टारडमलाई कति समयसम्म जोगाउँछन् भन्ने मुख्य प्रश्न हो ।

पछिल्लो पुस्ताका नायकहरु अनमोल केसी, प्रदिप खड्का, पल शाह स्टारडममा अगाडि छन् । उनीहरुको अनुहारकै कारण कम्तिमा दुई दिन हलमा दर्शक आउँछन् भन्ने विश्वास निर्मातामा छ । यसैले उनीहरुलाई महंगो पारिश्रमिक दिएर पनि काम गराउन निर्माताहरु लालयित छन् ।
पछिल्लो पुस्ताका यी नायकहरुको काम गर्ने शैली पनि फरक-फरक छ ।

नायक अनमोल केसी कम प्रोजेक्ट गर्ने नायकको रुपमा चिनिन्छन् । प्रदिप खड्का सिमित ब्यानरमा मात्र खुम्चिएको आरोप लाग्दै आएको थियो भने पल शाहले मल्टिस्टारर चलचित्रमा आँखा लगाएको विश्लेषण हुने गर्दछ ।

तर, यो बर्षको उनीहरुको काम गराई हेर्ने हो भने विल्कुलै फरक छ । नायक अनमोल केसी यो बर्ष आक्रामक देखिएका छन् । कारण, उनले लगालग ३ वटा चलचित्रमा काम गर्दैछन् । दुई दिनमा २ चलचित्र साइन गरेर उनले सबैलाई अचम्भित बनाइदिए । अनमोलको यो बर्ष ‘क्याप्टेन र ए मेरो हजुर ३’ रिलिज हुने पक्का छ । यसैले, अनमोल यो बर्ष चलचित्र अभिनयमा आक्रामक देखिएका छन् ।

नायक प्रदिप खड्काको पनि यो बर्ष व्यस्त नै रहनेछन् । हाल ‘रोजी’ मा व्यस्त नायकले यसपछि आफ्नै चलचित्र ‘लभ स्टेशन’ मा काम गर्दैछन् । दुबै चलचित्र यो बर्ष नै रिलिज हुनेछन् । प्रदिपले निर्माता सन्तोष सेनको चलचित्र ‘प्रेमगीत ३’मा पनि काम गर्ने चर्चा छ ।

प्रदिप र अनमोल आक्रामक बनिरहँदा नायक पल शाह भने यो बर्ष अलमलमा देखिएका छन् । उनले, यो बर्षको दोश्रो महिना सकिनै लाग्दा पनि कुनै चलचित्र साइन गरेका छैनन् । चलचित्र ‘शत्रु गते’ कै प्रचारका लागि ३ महिना लाग्छ भनेका पल यो चलचित्रको ५१ दिने पार्टीमा समेत पुगेनन् । सत्रु गतेले व्यावसायिक सफलता पाए पनि पलले यसको जस प्राप्त गर्न सकेनन् । यसैले पनि उनी कस्तो चलचित्र साइन गर्ने दोधारमा रहेको देखिन्छ ।

मल्टिस्टारर चलचित्र साइन गर्दा आफू ओझेलमा परिने डर उनलाई छ भने सोलो हिरोको रुपमा पर्दामा प्रस्तुत हुँदा व्यापारिक रुपमा असफल हुने चिन्ता छ । यसैले पनि पल अहिले रक्षात्मक रुपमा अगाडि बढेका छन् । बरु म्युजिक भिडियो खेल्दैमा उनको दिन बितिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment