+
+

एक दशकदेखि अटलबिहारी बाजपेयीको एकान्तबास !

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ३१ गते १७:४०

३१ जेठ, काठमाडौं । भारतीय पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयी दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत छन् । उनको अवस्था चिन्ताजनक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बीबीसीका मराठी संवाददाता सिद्धिनाग गनुका अनुसार बाजपेयी गम्भीर स्थितिमा दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत छन् ।

भाषणका कलामा माहिर, कवि एवं राजनेताका रुपमा परिचित भारतीय पूर्वप्रधानमन्त्री बाजपेयी १४ वर्षयताबिरामी अवस्थामा छन् । सन् २००४ मे १३ मा अन्तिम क्याबिनेट बैठकपछि सक्रिय राजनीतिबाट विदा लिएका उनी त्यसको एक वर्षपछिदेखि सार्वजनिक जीवनदेखि लगभग बाहिर छन् ।

बाजपेयीले २००७ को उपराष्ट्रपति चुनावमा हि्वल चेयरमा बसेर मतदान गरेका थिए । २००९ मा उनले आफ्नो सांसदको कार्यकाल पूरा गरे । त्यसपछि उनी चुनाव लडेनन् । सन् २००४ मा घुँडाको अपरेसन गरेपछि त्यसको दुई वर्षपछिदेखि उनी हिँडडुल गर्न नसक्ने स्थितिमा पुगेका हुन् ।

सन् २००९ मा वाजपेयीलाई स्ट्रोक भयो र उनी राम्ररी बोल्न नसक्ने स्थितिमा पुगे । बाजपेयीकी श्रीमतीको सन् २०१४ मा निधन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?