काठमाडौं । आइतबार मेक्सिको सिटीमा भूकम्पको झड्का महसुस भएको छ ।
यो प्राकृतिक भने होइन । लोजनाले साविकको विजेता जर्मनीविरुद्ध गोल गरेपछि सेलिबेसनका क्रममा भूकम्प गएको हो ।
स्थानीय समय अनुसार ११.३२ भूकम्पको झड्का महसुस भएको हो । तर, यो प्राक्रितिक नभई आर्टिफिसियल भएको त्यहाँको भूगर्भसम्वन्धी कार्यालयले जनाएको छ ।
गोलका क्रममा समर्थकहरु धेरै उफ्रिएर यो भएको हुनसक्ने उसले बताएको छ ।
El #sismo detectado en la Ciudad de México se originó de manera artificial. Posiblemente por saltos masivos durante el Gol de la selección de #México en el mundial. Por lo menos dos sensores dentro de la Ciudad lo detectaron a las 11:32. pic.twitter.com/mACKesab3b
— SIMMSA (@SIMMSAmex) June 17, 2018
विश्वकपको पहिलो खेलमा मेक्सिकोले ३८ औं मिनेटमा अप्रत्यासित अगता लिएको थियो । त्यसलाई कायम राख्दै जर्मनीलाई स्तब्ध बनाएको छ ।