Comments Add Comment

यी नायिकालाई फापेन प्रदिप र अनमोलसँगको डेब्यू


अहिले कुनै नवनायिकालाई तपाई कोसँग पर्दामा रोमान्स गर्न चाहनुहुन्छ भनेर सोध्ने हो भने, धेरेको जवाफ हुन्छ अनमोल केसी वा प्रदिप खड्का । यी दुई नायकको जोडी बनेर खेल्न पाए भाग्य चम्किन्छ भन्ने सोच धेरैमा देखिन्छ ।

तर, प्रदिप र अनमोलसँग काम गर्ने वित्तिकै बजारमा चल्ने ग्यारेन्टी भने हूँदैन । भाग्य चम्किनका लागि आफ्नै मिहिनेत चाहिन्छ भन्ने केही नायिकाको उदाहरणले पनि पुष्टी हुन्छ ।

नायक प्रदिप खड्कासँग चलचित्र ‘प्रेमगीत २’मा काम गरेकी नायिका अश्लेषा ठकुरीलाई अरु निर्माताले पत्याएका छैनन् । चलचित्र ‘प्रेमगीत २’मा कमजोर अभिनय गरेकी यी नायिकाले अहिले बल्लतल्ल चलचित्र ‘मेरी मामु’ मा काम पाएकी छन् । तर, यो चलचित्रलाई ‘प्रेमगीत २’ का निर्माता सन्तोष सेनले नै बनाएका हुन् ।

अश्लेषाको अभिनय र संवाद बोल्ने शैलीको आलोचना भएको थियो । जसले गर्दा, ‘प्रेमगीत २’ र प्रदिप खड्का चले पनि अश्लेषाको हातमा चलचित्र नै आएन ।

चलचित्र ‘होस्टेल’मा नायिका रिस्ता बस्नेतले नायक अनमोल केसीसँग काम गरेकी थिइन् । तर, चलचित्र हिट भए पनि उनीमाथि निर्माताले खासै रुची लिएनन् । केही चलचित्रमा काम गरेकी रिस्ता अहिले रित्तो हात बसिरहेकी छिन् ।

यता, अनमोलसँग नै डेब्यू गरेकी नायिका आना शर्मालाई पनि खासै फाइदा भएको देखिदैन । अनमोलसँग चलचित्र ‘जेरी’मा काम गरेकी आनाको हातमा अहिले चलचित्रको चाप छैन । आनालाई दर्शकले नपत्याएपछि चलचित्र निर्माताले पनि पत्याएनन् ।

यता, अनमोलसँग नै डेब्यू गरेकी अर्की नायिका अदिती वुढाथोकी अहिले मुम्बइमा छिन् । ‘कृ’मा अनमोलको हिरोइन भनेर चर्चा पाएकी अदितीलाई चलचित्रको अफर जुन तरिकाले आउँछ भन्ने धेरैले सोचेका थिए, त्यस्तो हुन सकेन । मुम्बईमा संघर्षरत अदितीलाई नेपाली चलचित्रको यात्रा सहज हुने देखिएको छैन ।

अब, उनै अनमोलसँग प्रियंका एमभी, उपासना सिंह ठकुरी र सुहाना थापाले डेब्यू गर्दैछन् । उनीहरु कति सफल होलान्, यो भने प्रतिक्षाको बिषय हो । तर, अनमोल र प्रदिपसँग काम गर्दा नायिकाहरुले अस्थायी चर्चा पाए पनि स्थायी रुपमा हिट हुन साम्राज्ञीको जस्तो मिहिनेत र क्रेज आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment